विभिन्न स्वादका केकका साथ मिठो बेकरीको गुरु पूर्णिमा विभिन्न स्किमयुवा संगठन नेपालद्वारा नुवाकोटमा वृक्षारोपण किसानलाई निःशुल्क बिरुवा वितरण२०८१ साउन ५ गते शनिवार, यस्तो छ तपाईँको राशिफलआलापोटमा सीपमूलक तालिम ।। नेपाल बन्धनको बेरोजगारलाई रोजगार बनाउने अभियान।।साउथ एशियन करातेमा नेपाल टिम प्रथमचर्चित गायिका सुमी पराजुलीको गीत ‘लुकामारी’ सार्वजनिकराष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको बिदाइशिव र पार्वतीको स्नान /क्रिडास्थलको रुपमा बिस्वास गरिएको सहस्रधारामा १०८ धारानेपाल इको प्यानलको मुख्य प्रायोजनमा कोरा भक्तपुर हुँदैकबड्डी प्रतियोगिताको उपाधि पनौती नगरपालिकालाई

एनआरएनए यूएई (नेपाल एसोसिएसन) को अध्यक्षमा विकास शाही सर्वसम्मत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण ४ गते, बिहीबार २०:३७

काठमाडौँ ,गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (नेपाल एसोसिएसन) यूएईको अध्यक्षमा विकास शाही निर्विरोध चयन भएका छन । निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार वर्तमान उपाध्यक्ष शाही २०२३–०२५ कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् ।
अन्तिम नामावलीअनुसार शाहीको मात्रै उम्मेदवारी कायम भएको निर्वाचन समितिका संयोजक रमेश श्रेष्ठले जानकारी दिए ।
आईसीसी सदस्यमा दिपक खड्का,पुस्कर सापकोटा,खेमराज बस्नेत र मनि प्रसाद भुर्तेल निर्विरोध निर्वाचित भएका छन ।
यस्तै अन्य पदमा पनि चाहिने जतिमात्रै संख्यामा उम्मेदवारी परेपछि सबै सर्वसम्मत भएका छन ।
जसअनुसार उपाध्यक्षमा मनोज कुमार सैजु, सोनाम श्रेष्ठ, भीम मल्ल, फणिन्द्र ढकाल, शम्भु कुमार वाइबा निर्वाचित भएका छन । यसैगरी महासचिवमा भुवन कुमार वाग्ले सर्वसम्मत बनेका छन ।
यसैगरी सचिवमा नवराज श्रेष्ठ, जीवन सिंह ठकुरी, विनोद बस्नेत, अरुण अधिकारी, कुमार श्रेष्ठको नाम अन्तिम सूचीमा समेटिँदा कोषाध्यक्षमा प्रकाश थापा चयन भएका छन ।
यसैगरी महिला संयोजकमा मञ्जु उचाइ, युवा संयोजकमा अपिल भट्टराई र सहकोषाध्यक्षमा नवराज ढुंगाना चयन भएका छन।
यसैगरी ११ जना सदस्यमा योगिता हाडा,गिता बिस्ट,टेकराज पराजुली,प्रेम बहादुर शाही,लोक बहादुर श्रेस्ठ,धर्म प्रसाद भट्टराई,नविन दोंग लामा,मन बहादुर सुनार,कमल कार्की र सुर्यान्स कुमार चौधरी रहेको निर्वाचन समितिले जनाएको छ ।
आफुलाई निर्विरोध निर्वाचित गरेकोमा अध्यक्ष शाहिले युएईमा रहेका सबै संघ सँस्था र नेपालीहरुलाई धन्यवाद दिँदै ऊहाहरुको बिश्वाश गुम्न नदिने तवरले काम गर्ने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु