दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

स्किब्स बास्केटबलमा ६४ टिम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण ५ गते, शुक्रबार १३:५१

काठमाडौं ।श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनामा शनिबारदेखि हुने सातौं स्किब्स कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा ६४ टिमले सहभागिता जनाउने भएका छन् ।
स्किब्सका प्रिन्सिपल अरुणकुमार केसीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विभिन्न ४ विधामा ६४ टिमले प्रतिस्पर्धा गर्ने जानकारी गराए । सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १६–१६ तथा स्टाफमा ८ टिमले भाग लिने छन् । खेल लिग कम नकआउट आधारमा हुने स्किब्सका बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतिले जानकारी दिए ।
सिनियर ब्वाइजमा त्रिज्योति, जुनियर ब्वाइजमा बसुन्धरा नेसनल एकेडेमी (बीएनए), सिनियर गल्र्समा निम्स तथा स्टाफमा महामन्जुश्री डिफेन्डिङ च्याम्पियन हुन् । दुईदिने प्रतियोगिताका खेलहरु बसुन्धारास्थित आयोजकको आफ्नै कोर्टमा हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु