आज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणा

रत्‍न तथा आभुषण व्यवसायको प्रवर्द्धनका लागि सरकार सदैव सकारात्मक छ : मन्त्री रिजाल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण ५ गते, शुक्रबार २०:४४

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले रत्‍न तथा आभुषण व्यवसायको प्रवर्द्धनका लागि सरकार सदैव सकारात्मक रहेको बताउनु भएको छ ।
शुक्रबार नेपाल रत्‍न तथा आभुषण संघको १८ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री रिजालले रत्‍न तथा आभुषण व्यवसायलाई प्रवर्द्धन गर्नको लागि सरकारले सदैव सकारात्मक भुमिका खेल्ने विश्वास दिलाउनु भएको हो ।

नेपाली समाजमा रत्‍न तथा पत्थर जडित सुनचाँदीका कलात्मक गरगहना बनाउने परम्परा रहि आएको उल्लेख गर्नुहुदै मन्त्री रिजालले नेपालको विविध सांस्कृतिक पर्व, जातीय भेषभूषा र मठमन्दिरमा यस्ता आभुषणको प्रयोग हुँदै आइरहेको बताउनु भयो । यस्ता कलात्मक आभुषणको खरिद विक्रि विश्व बजारमा समेत हुने गरेको उल्लेख गर्नु हुदै मन्त्री रिजालले नेपालको कला, सँस्कृति र परम्परालाई विश्व सामु चिनाउनुका साथै विदेशी मुद्रा आर्जनमा समेत महत्वपूर्ण योगदान पुर्‍याएको बताउनु भयो ।

मुलुकमा रोजगारी सिर्जना, आयात प्रतिस्थापन, निकासी अभिवृद्धि गरी राजश्वमा योगदान पुर्‍याउँदै आइरहेकोमा व्यवसायी तथा नेपाल रत्‍न तथा आभुषण संघ प्रति मन्त्री रिजालले धन्यवाद व्यक्त गर्नु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु