दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएनए मकाउमा भिमसेन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण ६ गते, शनिबार ४:१६

मकाऊ- गैरआवासीय नेपाली संघ(एनआरएनए) मकाउको आठौं महाधिवेशनले भिमसेन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । उनीलगाएत सबै कार्यसमिती निर्बिरोध निर्वाचित भएका हुन् ।
एनआरएनए मकाउको प्रथम उपाध्यक्षमा शिव थापा, द्वितीय उपाध्यक्षमा निरन्जन खड्का निर्वाचित भएका छन् । युवा उपाध्यक्षमा सुरेश सिह सुनार र्निविरोध निर्वाचित भएका छन् । महासचिवमा अमृत गुरुङ , सचिवद्वयमा रबिन्द्र महर्जन र धिरेन्द्र सिटौला ,कोषाध्यक्षमा दिपक तामाङ , सह-कोषाध्यक्षमा मकर राई , युवा संयोजकमा विशाल पौडेल निर्वाचित भएका छन् । महिला संयोजकमा सन्जु नगरकोटी र्निविरोध निर्वाचित भइन् ।
कार्यसमिति सदस्यमा क्रमशः सचिन कपाली, दिलिप खड्का हर्क जंग गुरुङ, सन्दिप पनेरु , मणी गुरुङ डिल्ली बहादुर खड्का सम्झना भुसाल ,अमृत ​​गौतम ,सन्तोष रिजाल, सुमन तामाङ निर्वाचित भए ।
शुक्रवार भएको अधिवेसनमा निर्वाचन संयोजक युवराज न्यौपानेले श्रेस्ठको अध्यक्षताको कार्यसमितीलाई निर्विरोध घोषणा गरेको थियो । उक्त कार्यक्रममा एनआरएनए आईसिसि महिला सचिव टिका गुरुङ,एनआरएनए एशिया प्याशिफिक महिला संयोजक शान्ती अधिकारी,एनआरएनए अभियन्ता चेतन गुरुङलगाएतले नवनिर्वाचित एनआरएनए मकाउको नेतृत्वलाई आगामी कार्यकालको सुभकामना ब्यक्त गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु