नेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणासङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग

“सेन्ट जर्ज स्कुलमा एसिइइ सम्मान”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण ६ गते, शनिबार २०:२५

साउन -६, हाडिगाउ स्थित सेन्ट जर्ज स्कुलमा २०७९ सालमा एस. इ. इ. दिने विद्यार्थीहरु लाई बधाई एबम बिदाइ कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षता एवं इन्टरनेशनल युथ सोसाइटीका उपाध्यक्ष, युएन इकोनोमिक्स एण्ड सोसाइटी काउन्सिल नेपालका उपाध्यक्ष , ईन्टरनेशनल स्पोर्ट्स एण्ड एजुकेसनका निर्देशक, एन. प्याब्सन पूर्व केन्द्रिय सदस्य , राेटरि क्लब अफ कपनका पूर्व अध्यक्ष तथा सामाजिक ब्याक्तित्व भेन डा.राजु लामा पि. कोन्दनको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा नेपाल डेरी एसोसिएसन वाग्मती प्रदेशका अध्यक्ष एवं सामाजसेवी टीका प्रसाद घिमिरे , अधिवक्ता प्रल्हाद महत, एन. डि.एका सदस्य एवं समाजसेवी हुद्दराज तिमल्सिना , साहित्यकार हेम प्रभास, राेटरि क्लब अफ कपनका अध्यक्ष सुचिता काफ्ले, समाजसेवी श्री भण्डारी, विद्यालयका निर्देशक मनोज दाहाल, रजत श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक मेघराज बजगाई एवं विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक मेघराज बजगाईको स्वागत मन्तव्य एवं विद्यार्थीहरुको स्वागत नृत्यबाट कार्यक्रमको सुरुवात भएको थियो । कार्यक्रम को उद्घाटन प्रमुख अतिथि लामा र अध्यक्ष दाहालले गमलामा रहेको फूलमा जल सिञ्चित गरि गर्नु भएको थियो ।

एस. इ. इ. २०७९ मा सफल हुने सबै विद्यार्थीहरु एवं उनीहरुका अभिभावकहरुलाई मायाको चिनो एवं खादा ओढाइ सम्मान गरिएको थियो । विद्यार्थी एवं अभिभावकको सम्मानपछि शुभकामना मन्तव्य राख्ने क्रममा साहित्यकार हेम प्रभासले कविता सुनाउँदै विद्यार्थीहरुलाई ग्रेडभन्दा पनि आफूले सिकेको कुरामा गर्व गर्न अनुरोध गरे। अधिवक्ता महतले सेन्ट जर्ज स्कुल पूर्ण रूपमा सरकारी नियम पालना गर्ने विद्यालयमा पर्दछ भन्नु भयो । सफल हुने सबै विद्यार्थीहरुलाई शुभकामना दिंदै अभिभावकको भुमिका पहिलो हुने कुरा डेरी एसोसिएसनका टीका घिमिरेले बताए । रोटरि क्लबका अध्यक्ष सुचिता काफ्लेले विद्यार्थीहरुलाई सामाजिक काममा पनि लाग्नु पर्ने बताउनु भयो । समाजसेवी भण्डारीले विद्यार्थीहरुले कलेज छ्नौट गर्दा अरुको लहैलहैमा होइन आफ्नो रुचि, आफ्ना
अभिभावकको आर्थिक हैसियत अनुसार गर्न आग्रह गरे। एस. इ. इ. पास हुने मध्ये बाट कृन्जल ढुंगानाले आफूले हिजो शिक्षकले भनेका र विद्यालयमा गरेका हरेक कुरा अहिलेबाट नै सम्झनामा आउन थालेको कुरा बताइन । शिक्षक प्रविन गुरागाईले हिजोको कुराबाट पाठ सिक्दै अब राम्रो गर्ने , विद्यालय र शिक्षकलाई सधैं सम्झन र आफ्नो रुचि अनुसार पढ्न आग्रह गरे। अन्त्यमा अध्यक्ष दाहालले सेन्ट जर्ज स्कुल आफैंमा एउटा फरक स्कुल रहेको, विद्यार्थीको लागि सधैं नयाँ नयाँ कुरा दिने , अभिभावकको सल्लाह अनुसार कम शुल्कमा पढाउने कुरा बताउँदै आगामी दिनमा पनि विद्यालयलाई आफ्नै सम्झिन सबै विद्यार्थीलाई आग्रह गरे। सम्पूर्ण अभिभावक विद्यार्थी शिक्षक एवं उपस्थित सबैलाई धन्यवाद दिए । कार्यक्रमको अन्त्यमा दिवा भोज सहित कार्यक्रम समापन गरियो । कार्यक्रम विद्यालयकी शिक्षिका एवम् साहित्यकार उशा आचार्य रले सन्चालन गरेकी थिइन भने विद्यार्थीहरु लाई स्वदेशी उत्पादन महि सेवन गराइएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु