नेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणासङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग

स्किब्स सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण ७ गते, आईतवार ०६:०२

काठमाडौं, साउन ६ गते ।आयोजक श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) सातौं स्किब्स कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
बसुन्धारास्थित घरेलु कोर्टमा स्किब्सले सिद्धार्थ मोडेललाई ५–२ ले पराजित ग¥यो । सोही स्पर्धामा पारामाउन्टले एन्जल्स हार्टलाई ६–५, ज्ञान निकेतनले रेडिअन्टलाई ६–५ र गोल्डेनपिकले सूर्योदयलाई ९–७ ले हराउदै सेमिफाइनलमा स्थान स्थान सुरक्षित गरे । सेमिफाइनलमा गोल्डेनपिकको भेट स्किब्ससंग हुनेछ भने पारामाउन्टले ज्ञान निकेतन विरुद्ध खेल्ने छ ।
स्टाफमा स्किब्स र डिफेन्डिङ च्याम्पियन महामन्जुश्री उपाधिका लागि भिड्ने भएका छन् । स्किब्सले पाठशाला नेपाललाई ९–७ तथा महामन्जुश्रीले काठमाडौं वल्र्ड स्कुललाई १९–१७ ले सेमिफाइनलमा पाखा लगाउदै उपाधि भिडन्त पक्का गरेका हुन् ।
सिनियर ब्वाइजमा ग्रिनल्यान्ड, सेन्ट जोसेफ, रिलायन्स, हिमालय, ज्ञान निकेतन, नवज्योति, इन्साइट भिजन र निम्सले क्वाटरफाइनलमा स्थान बनाए । सिनियर गल्र्समा भ्याली पब्लिक, साविक विजेता निम्स, पाठशाला, बसुन्धारा नेसनल एकेडेमी (बीएनए), रिब्स, पारामाउन्ट, एभरेष्ट र नेपाल मोडेलले क्वाटरफाइनल यात्रा तय गरे ।
प्रतियोगिताको टोखा नगरपालिकाअन्तर्गत शिक्षा शाखाका प्रमुख प्रशाकीय अधिकृत बाबुराम गौतम, टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ र स्किब्सका प्रिन्सिपल अरुणकुमार केसीले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १६–१६ तथा स्टाफमा ८ टिम गरी ६४ टिम सहभागी छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु