
काठमाडौ । नेपाल डेरी एसोसिएशन बागमती प्रदेशका कार्यसमितिका पदाधिकारी अध्ययन अबलोकन भ्रमणमा जापान पुगेका छन।

नेपाल डेरी एसोसिसन बागमती प्रदेशको उपाध्यक्ष ध्रुब तिवारी, सचिव श्याम घिमिरे सहितको पदाधिकारीहरूले त्यहाँको कृषि प्रविधि त्यस्तै सूचना सम्बन्धिको प्रविधिबारे केहि अध्ययन पनि गरेको छन।
भ्रमण क्रममा नेपाल जापान निर्यात व्यवसायीमहासंघ,एनआरएनए प्रतिनिधिमण्डल ,जापानी उद्यमी व्यवसायी र लगानीकर्ताहरु सग कृषि प्रविधिसम्बन्धी ज्ञान तथा सूचना प्रविधिबाट कसरी लाभ लिन सकिन्छ भनेर अध्ययननै गर्यौं।

यहाँको अध्ययन भ्रमणबाट हामीले धेरै लाभ लिन सक्छौं नेपाल डेरी एसोसिसनको लागि त्यो अनुकरणिय रहेको उपाध्यक्ष तिवारीले बताउनुभयो ।


