सबैले योग गर्ने बानी बसालौं– सदस्य–सचिव घिसिङसहकारी रोजगार मेला सुरु! रोजगारी खोज्ने युवालाई ठुलो अवसर - सहकारी मन्त्रीआज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैगोल्डेनगेट एसईई कप शनिबारदेखि हुनेविद्यालय खेलकुदसँग बक्सिङको साझेदारीआमा कुजाईन रेस्टुरेन्ट क्यानडाका निर्देशक ज्ञानेन्द्र बञ्जारा सम्मानितहेर्नुस् आज असार ७ गते शुक्रबारको राशिफलसगरमाथा आधार शिविरमा ‘विश्व शेफ सम्मेलन’ घोषणा,समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिनेपिकोलो रेस्टुरेन्ट एण्ड इभेन्ट्सका प्रवन्ध निर्देशक श्रेष्ठ सम्मानित

संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै हस्ताक्षर संकलन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण ८ गते, सोमबार १९:२०

संघीय शिक्षा ऐन २०७५ जारी गर्न माग गर्दै हस्ताक्षर संकलन गरिएको छ । नेपाल समाजवादी विद्यार्थी युनियन र अखिल(क्रान्तिकारी) ले काठमाडौँ सहित देशैभर हस्ताक्षर संकलन सुरु गरेको छ ।

आज पाटन संयुक्त क्याम्पस र रत्नराज्य क्याम्पसमा हस्ताक्षर संकलन गरिएको थियो। नेपाल समाजवादी विद्यार्थी युनियनको केन्द्रीय उपाध्यक्ष ओम महतो(संग्राम) ले हस्ताक्षर संकलन कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो । उहाँले देशव्यापी हस्ताक्षर अभियान २०८० साउन ७ गतेदेखि १२ गतेसम्म संचालन गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

हस्ताक्षर कार्यक्रममा रत्नराज्य क्याम्पस, प्रदर्शनीमार्गमा नेपाल समाजवादी विद्यार्थी युनियनको केन्द्रीय अध्यक्ष नेत्र चापागाईं, सचिव साधुराम नेपाली, सन्तोष ढकाल सहित इकाई समितिका सदस्यहरुको उपस्थितिमा रहेको थियो ।

त्यसैगरी पाटन संयुक्त क्याम्पसको कार्यक्रममा अखिल(क्रान्तिकारी) को संयोजक पवन कार्की, नेपाल समाजवादी विद्यार्थी युनियनको केन्द्रीय उपाध्यक्ष ओम महतो(संग्राम), सहित केन्द्रीय सदस्य गोबिन्द भट्ट, संजिव कार्की, विरेन्द्र मगर लगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु