तनहुँ । रिस्ती विकास समाज तनहुँले जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं २ मुच्चुकमा रहेको मुकेन्देश्वरी आमा समूहलाई नौमती बाजा हस्तान्तरण गरेको छ ।
रिस्ती विकास समाज तनहुँको समन्वयमा र स्थानीय समाजसेवी एवम् कांग्रेस नेता रेशम गुरुङको पहलमा मुकेन्देश्वरी आमा समूहलाई सोमबार नौमती बाजा हस्तान्तरण गरेको हो ।
संयुक्त राज्य अमेरिकामा रहनुभएका विनोद थापा ,तपस भट्टराई , कुवेतमा रहनुभएका राजेन्द्र बिराई ,काठमाडौँमा रहनुभएकी पूर्व शिक्षिका पूर्णिमा आले कुलुङ र तनहुँका कांग्रेसका नेता एबम् ब्यबसायी पुरुषोत्तम खनालले उक्त कार्यको लागि आर्थिक सहयोग गर्नुभएको थियो ।
उक्त वाजा खरीदका लागि रु एक लाख ५० हजार लागेको स्थानीय प्रबिना गुरूङले बताउनुभयो । नौमती बाजा हस्तान्तरण गर्दैै प्रोफेसनल मिडिया गुप्र एवं रिस्ती विकास समाज तनहुँका अध्यक्ष नवीनराज पौडेलले बन्दिपुर २ का स्थानियलाई जिविकोपार्जन र स्वरोजगारमा टेवा पुग्ने उद्देश्यले नौमती बाजा वितरण गरिएको बताउनुभयो ।
“वाजा हस्तान्तरणसँगै गाउँमा वेरोजगारीको समस्या हट्ने र आयआर्जनमा समेत टेवा पुग्ने विश्वास लिएका छौँ,”– अध्यक्ष पौडेलले भन्नुभयो । मुकेन्देश्वरी आमा समुहकी अध्यक्ष शोभा गुरूङले बाजा ग्रहण गर्दै रिस्ती विकास समाजलाई समन्वय गरेकोमा धन्यवाद दिनुभयो ।
स्थानीय समाजसेवी कांग्रेसका नेता गुरूङले विकट ठाउँमा वाजा हस्तान्तरण गरेर सहयोग गरेकोमा संस्थाका अध्यक्ष पौडेललाई धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा यस क्षेत्रको विकासमा सहयोग गर्न आग्रह समेत गर्नुभयो ।