बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

एनआरएनए मलेसियामा निर्विरोध कार्यसमिति चयन(नामावलीसहित )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण ९ गते, मंगलवार १३:१९

मलेसिया, गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नेतृत्वमा विनोद थापा पुन दोहोरिएका छन ।
अध्यक्ष पदमै उम्मेदवारी दिएका राकेश महतोले अन्तिम समयमा थापालाई सहमतिमा समर्थन गरेपछि उनी निर्विरोध अध्यक्ष भएका हुन । थापा र महतोबीच महतोलाई एक वर्षपछि अध्यक्ष बनाउने आन्तरिक सहमति भएको छ । सोही सहमतिअनुसार महतोले अहिले अध्यक्षको उम्मेदवारीबाट अन्तिम समयमा पछि हटेर थापालाई समर्थन गरेका हुन ।
निर्वाचन समितिको जिम्मेवारी पाएका आईसिसि सचिव खगेन्द्र न्यौपानेका अनुसार महतोलाई अहिले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिइएको छ। अध्यक्षसहित सबै पदाधिकारी निर्विरोध चयन गरिएको निर्वाचन प्रमुख न्यौपानेले बताए ।
एनआरएनए मलेसियामा थापा यसअघि पनि सहमतिमै अध्यक्ष बनेका थिए । २ वर्षे कार्यकाल विवादरहित सफल रुपमा चलाएका थापालाई नेतृत्वमा दोहोरिन आवाज उठेको थियो ।
अन्य सबै पद सहमतिमै टुंग्याइएपनि अध्यक्ष र महासचिव पदमा सहमति जुट्न मुस्किल परेको थियो । दुई पदका लागि मात्र निर्वाचन गराउनुपर्ने स्थिति सिर्जना भएपछि निर्वाचन समिति संयोजक न्यौपानेले सहमति जुटाउन भूमिका खेलेका थिए।

´हामी सुरुदेखि नै निर्वाचन गराउन हुँदैन भन्ने पक्षमा थियौं । धेरै प्रयासपछि अन्तिममा सहमति भएको छ । एकदमै राम्रो भयो र खुशी छु । निर्वाचनका लागि हुने ठुलो खर्च समेत जोगियो,त्यो रकम नेपाली कामदारहरुको लागी प्रयोग गर्न सकिन्छ न्यौपानेले भने ।

एनआरएनए मलेसियाको अधिवेशन ३० जुलाइमा हुँदैछ। यही अधिवेशनले नवनिर्वाचित पदाधिकारीलाई सपथ गराउनेछ। अधिवेसनका लागी एनआरएनए आईसिसिका उपाध्यक्षहरु आरके शर्मा,महेश श्रेष्ठ,सचिव प्रविन गुरुङ,सह कोषाध्यक्ष नारायण सुवेदीलगाएत बिभिन्न एनसिसिका पदाधिकारीहरुका साथमा नेपालका रास्ट्रिय कलाकारहरु र पत्रकारहरुको उपस्थिती रहने अध्यक्ष थापाले बताए ।
निर्विरोध निर्वाचित कार्यसमितीको अध्यक्षमा बिनोद थापा,वरिस्ठ अध्यक्षमा राकेश महतो(एक बर्षपछि अध्यक्ष हुने शर्तमा),उपाध्यक्षहरुमा
ईन्द्र नारायण लिम्बु ,हेमराज सापकोटा,रंजित कुमार क्षेत्री ,अरुण गिरी,दिल कुमार केरुङ , युवा उपाध्यक्ष नारायण अधिकारी , महिला उपाध्यक्ष लिला मगर , महासचिव टेक बहादुर अधिकारी ,सचिव श्याम बहादुर श्रेष्ठ , विशु प्रसाद बराल ,कोषाध्यक्ष बाल ध्वज लिम्बु,युवा संयोजक राजु लामा र महिला संयोजक ईन्दु बस्नेत
रहेका छन । यस्तै सदस्यहरुमा विष्णु चौधरी, राजु कुमार श्रेष्ठ,भेशराज ज्ञवाली (हरीं), खेम राज खत्री,विजय मण्डल निर्विरोध निर्वाचित भएका छन भने अन्य सदस्य पछि थपिने निर्वाचन प्रमुख न्यौपानेले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु