नेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणासङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग

एनआरएनए माल्टाको निर्वाचन जुलाई ३० मा, “टिम मिसन २५ भिजन २५” सहित निर्बाचनमा होमीएका रेम्स खनाल अगाडी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण ११ गते, बिहीबार ०६:५१

माल्टा- गैरआवासिय नेपाली संघ रास्ट्रीय समन्वय परिषद(एनआरएनए) माल्टाको २०२३-२०२५ कार्यकालका लागि निर्वाचनको मिती नजिकिए सङ्गै निर्वाचनको प्रचार प्रसारमा उम्मेदवारहरु लागेका छन । आगामी जुलाई ३० मा हुने निर्वाचनको लागी रेम्स खनाल र रोशन गिरी प्यानलसहित प्रतिस्प्रर्धामा उत्रेका छन । उनीहरु दुबैले आफ्नो तर्फबाट सक्दो मेहनत गरेपनि अहिले रोशनभन्दा रेम्स खनाल धेरै माल्टावासिको रोजाईमा परेका छन । आफ्नो सक्षम र अनुभवी टिम सहित ‘टिम मिसन २५ भिजन २५”सहित निर्बाचनमा उत्रिएका अध्यक्ष पदका प्रत्यासि रेमलाल खनाल (रेम्स) ले २५ हजार युरोको श्रमिक कल्याणकारी कोष स्थापना गर्ने घोषणा पनि गरिसकेका छन । हाल माल्टामा निकै ह्याबि वेट उम्मेदवारका रुपमा चुनाबि मैदानमा उत्रिएका खनालले आफु अध्यक्ष भएपछी गर्ने कामहरुलाई २५ बुँदा बनाएर नै सार्वजनिक गरेका छन । बिगत ८ बर्ष देखि माल्टामा बसोबास गर्दै आएका रेम्स माल्टाको स्थापनाकाल देखि नै एनआरएनए अभियानमा जोडिएका ब्यक्ति हुन । संस्थाको संस्थापक उपाध्यक्ष , वरिष्ठ उपाध्यक्ष हुदै बिभिन्न सामाजिक संस्थामा जोडिदै आएका खनाल नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनको उपसंयोजक हुंदै नेपाललाइ बिश्व सामु चिनाउन नेपाल डे लगाएतका कार्यक्रमको संयोजक भई सफलता पूर्बक सम्पन्न गराउने ब्यक्ति हुन । निकै कम बोल्ने तर काम गर्ने स्वभाबका खनाल माल्टाबासि दाजुभाइ तथा दिदिबहिनिहरुको हर सुख दुखमा साथ दिदै आएका रेम्स श्रमिक ब्यापारि,बुद्विजिबि र बिधार्थीमाझ निकै चर्चित र लोकप्रिय नाम हो । निकै साधारण र सरल स्वभाब भएका रेम्सको सबै निकायमा निकै राम्रो सम्बन्ध छ । स्थापना काल देखि संस्थापक महासचिब भएर काम गरेका र फेरि पनि रेम्स खनाललाइ सघाउन महासचिब पदका उमेदवार बनेका सन्देश केसि पनि माल्टाबासि नेपालीहरुमा चिर परिचित नाम हो । बिभिन्न देशमा बसोबास गर्दै बिभिन्न सामाजिक संघ संस्थामा काम गर्दै अहिले माल्टामा आएका अनुभवी र सक्षम टिम मिसन २५ भिजन २५ सहित निर्बाचनमा उत्रिएका र जित निश्चित भैसकेको महासचिब पदका उम्मेदवार सन्देश केसिले बताए । माल्टामा जो सुकै नेपाली रहदै गर्दा सधै भर समाजसेवामा अहोरात्र खटिएका रेम्स खनाल माल्टा बासिको चाहे दुख, चाहे सुख, चाहे रमाइलो क्षण सबै पलमा माल्टाबासि संग रहेका सबैको मनमा बस्न सफल एक सरल सक्षम र परिपक्व ब्यक्ति लाइ मतदान गर्न माल्टा बासि दाजु भाइ दिदिबहिनिहरु आतुर रहेको र निकै फराकिलो मतान्तरले बिजयि हुने निश्चित भएको समाजसेवी एबं एनआरएनए अभियन्ता प्रकाश भन्डारीले बताए । उनले र खनालले समस्त माल्टावासी नेपालीलाई अनुरोध गर्दै एकपटक रेम्स खनाललाई मत दीई अत्याधीक वहुमतले जिताउन आग्रह गरेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु