एनआरएनए कोरियाको अध्यक्षमा तिन प्रतिस्प्रर्धी,अध्यक्षमा विपिन गुरुङ अगाडी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण ११ गते, बिहीबार ०६:५४

काठमाडौं- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(एनआरएनए) दक्षिण कोरियाको आगामी कार्यकाल २०२३ देखि २०२५ को कार्यकालका लागि जुलाई २९ मा अधिवेसन र जुलाई ३० मा अधिवेसन हुदैछ । मतदानको मिति नजिकिदै जाँदा कोरियामा निर्वाचनको तिब्र प्रचार प्रसारमा सबै समुह लागेका छन । नयाँ नेतृत्व छान्न यही जुलाई २९ मा अधिवेसन र ३० मा मतदान कार्यक्रम हुँने निर्वाचन प्रमुख गंगा राईले बताए । राईले बुधवार तिनै उम्मेदवारलाई राखेर छलफल गरेका छन । उनले स्वच्छ तवरले निर्वाचन सम्पन्न गराउन आफू र निर्वाचन समिती लागी परेको बताए ।
एनआरएनए राष्ट्रिय समन्वय परिषद कोरियामा अहिले चुनावी चर्चा र नेतृत्वका लागि दाबेदार बनेका उम्मेदवारहरुको लेखाजोखा भइरहेको छ । यसमा पनि अहिले सबैको चासो भने आगामी कार्यकालका लागि अध्यक्ष पदमा को बिजयी होला भन्ने रहेको छ । मतदानको मिति नजिकिदै जाँदा अहिले अध्यक्षका उम्मेदवारहरुको चर्चा र को बिजयी होला भन्ने अनुमान पनि तीब्र भइरहेको छ ।
कोरियामा बसोबास गर्ने प्राय सबै नेपालीको चासो अहिले यही चुनावमा केन्द्रित भएको छ । आसन्न निर्वाचनमा अध्यक्ष पदको लागि तीन जनाले उम्मेदवारी दर्ता गरेर प्रतिस्पर्धामा होमिएका छन । अहिले अध्यक्षमा विपिन कुमार गुरुङ, बुद्धि गुरुङ र संजिव कुमार राई प्रत्यासी रहेका छन । अध्यक्षमा सबै उम्मेदवारले आफ्नो दाबेदारी प्रस्तुत गर्दै अन्तिम चुनावी अभियान सञ्चालन गरिरहेका छन उनीहरुलाई त्यहाँ रहेका बिभिन्न नेपाली संघ सँस्थाहरुले आ आफ्नो उम्मेदवारको रुपमा समेत सार्वजनिक गर्दै चुनावी माहौलमा होमीएका छन ।
हाल उम्मेदवारी दिएका ३ उम्मेदवारहरु मध्ये एनआरएनए एनसीसी कोरियाका पूर्व वरिष्ठ उपाध्यक्ष समेत रहेका विपिन कुमार गुरुङ सबैभन्दा अगाडि देखिएका छन । गुरुङका एजेण्डा, चुनावी अभियान, प्रचारप्रसार र युवा तथा महिलाको अधिक सहभागिता , समावेशीका कारण पनि गुरुङ अहिले कोरियाका गैरआवासीय नेपालीहरुमा लोकप्रिय बनेका छन । गुरुङले उठाएका एजेन्डाहरुलाई पनि धेरै नेपाली संघसँस्थाले आफ्नो एजेण्डा बनाई उनलाई बिजयको शुभकामना दिइरहेका छन ।
विपिनले आफ्नो उम्मेदवारीलाई स्थिर रूपमा प्रस्तुत गर्दै पदीय जिम्मेवारीको समय, कोरियामा नेपालीहरूको विषय र संस्थाको प्रमुख मुद्दालाई हेर्ने दृष्टिकोण सबैमाझ राखेका कारण गुरुङको पल्ला भारी भएको एनआरएनए अभियानका अग्रजहरु बताउँछन् । गुरुङले आफ्ना कुरा बोली भन्दा पनि व्यवहारलाई बढी महत्त्व दिने भएका कारण उनलाई धेरैले रुचाएको बताइन्छ । गुरुङले एनआरएनए कोरियामा बिभिन्न जिम्मेवारी निर्बाह गर्दै निरन्तर एनआरएनए अभियानमा लागेका उनलाई अध्यक्षमा रहेर नेतृत्व गर्दै एनआरएनए कोरियालाई उचाईमा पुर्याउन सक्ने व्यक्तिका रुपमा धेरैले बुझेका छन । उनले कोरियामा नेपाल र कोरियाबीच संस्कृति आदान प्रदान एवं सामाजिक र आर्थिक क्षेत्रमा योगदान पुर्याए बापत कोरियाको सिओल महानगरपालिकाले २०२० मा गुरुङलाई ‘मानार्थ कोरियन नागरिकता’ प्रदान गरेको थियो । कोरियामा बसोबास गर्ने बिदेशी नागरिकलाई हरेक बर्ष प्रदान गरिने उक्त सम्मानले नेपाल र कोरियाबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएको छ । 
एनआरएनए एनसीसी कोरियाका पूर्व वरिष्ठ उपाध्यक्ष समेत रहेका बिपिन कुमार गुरुङले आफ्नो चुनावी घोषणापत्रमा सामाजिक सुरक्षा कोषमा कोरियामा रहेका नेपालीहरुलाई सहभागिता गराउने , अध्ययनको सिलसिलामा कोरिया आएका नेपाली विद्यार्थीहरुलाई बस्न, पढाइमा सहजताको लागि ‘student relief fund’ को योजना, नेपाल र कोरियाबीच संस्कृति आदान प्रदान , संस्थालाई गतिशील, सशक्त, संस्थागत र समावेशीताका मुद्दाहरु अगाडि सारेका छन् । उनले यी मुद्दाहरुमा केन्द्रित रहि बिभिन्न कोरियाका शहरहरुमा भौतिकरुपमै उपस्थित भई व्यापक अन्तरक्रिया गर्दै सबैसँग सुझवसमेत संकलन गरेका छन् । कोरियाका धेरैजसो नेपाली समुदायसँग भेटवार्ता गरी नेपाल सरकारसँग समन्वय गरी कोरियामा बसोबास गर्ने गैर आवासीय नेपालीका समस्यालाई सम्बोधन गर्न आफु लागिपर्ने अठोटका साथ अगाडि बढेको गुरुङ बताउँछन् ।
एनआरएनहरुसँगको लामो संगत र एनआरएनए कोरियामा लामो समयदेखिको सहभागिता उपाध्यक्ष हुँदै सुरु गरेको आफ्नो यात्रामा सिकेका र नेपाली समुदायको आवश्यकता र बिधार्थीलगायत समुदायले भोग्नुपरेका समस्याहरुलाई बुझेर नै आफु अध्यक्ष पदका लागि प्रत्यासी भएको गुरुङ बताउँछन् । आउँदो कार्यकालको लागि सबैले दिएको हौसलालाई शिरोधार्य गरी आफु नेतृत्व गर्ने यात्रामा अघि बढेको गुरुङ बताउँछन् । ‘संंघको उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै एनआरएनए कोरियाको पदीय भूमिकासहित अघि बढ्ने क्रममा मैले व्यक्तिगत वा संस्थागत रुपमा आधार तहमा गरेको कार्य र पहललाई देखेर जुन माया, साथ सहयोग र सद्भाव तपाईहरुवाट प्रदान भयो त्यसले मलाई अघि बढ्न प्रेरित गर्यो,’ गुरुङ भन्छन ।
एनआरएनए कोरियाको सदस्य देखि वरिष्ठ उपाध्यक्ष समेत हुँदै गर्दा आधारभूत तहमा देखिने संस्थागत रुपका समस्यादेखि गैरआवासीय नेपालीका अन्य समस्यासँग जानकार रहदैं त्यसलाई समाधान गर्नका लागि राष्ट्रिय समन्वय परिषदमार्फत पहलकदमी गर्ने हेतुलाई बुझेर अध्यक्षको उम्मेदवारी दिएको बताउँछन ।
कोरियामा रहेका नेपालीले चाहेजस्तै एनआरएनए कोरिया बनाउनका लागि नेतृत्व गर्ने आँट बोकेर आफु यो अभियानमा होमिएको गुरुङले बताए । एनआरएनए कोरियाका अभियन्ताहरुका अनुसार नयाँ कार्यसमितिमा विपिन कुमार गुरुङसँगै प्यानल पूरै निर्वाचित हुने लगभग निश्चित देखिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु