सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्युदुर्घटनामा परेको जहाजमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टिमधेश प्रदेशमा शेखर समुह बाट जिवछी यादव राज्यमन्त्री बन्दैआजको मौसम : कहाँ-कहाँ छ आज भारी वर्षाको सम्भावना?तारकेश्वर नगरपालिकामा भोली देखि विशेष पोलियो खोप अभियान सुरु हुनेनेपाली पारा तेक्वान्दोलाई बिदाई तथा शुभकामना कार्यक्रमबागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्तहेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणा

जुनियर भारोत्तोलन खेलाडी भारत जाँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण १२ गते, शुक्रबार १८:०१

काठमाडौं, साउन १२ गते ।एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली भारोत्तोलन टोली आइतबार भारतको नयाँ दिल्लीस्थित नोयडा प्रस्थान गर्ने भएको छ ।
जुलाई २६ तारिखदेखि सुरु भएको प्रतियोगितामा २ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । ७३ केजीमा हेमन्त पाल तथा ९६ केजीमा सञ्जय यादवले प्रतिस्पर्धा गर्ने छन् । हेमन्तले अगष्ट १ तथा सञ्जयले अगष्ट २ तारिखमा खेल्ने छन् । दुवैको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
प्रशिक्षकमा सञ्जय महर्जन तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र सचिव रामजीबहादुर श्रेष्ठ तथा नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु