कोरिया- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) दक्षिण कोरियाको आगामी कार्यकाल २०२३ देखि २०२५ को लागि जुलाई २९ मा अधिवेसन र जुलाई ३० मा नयाँ कार्यसमिति चयनका लागि मतदान गरिने निर्वाचन प्रमुख गंगाराज राईले बताए ।
एनआरएनए कोरियाको निर्वाचन जुलाई ३० आईतवार बिहान ६ बजेबाट शुरु भई बेलुका ३ बजेसम्म हुने निर्वाचन प्रमुख गंगाराज राईले बताए । उक्त निर्वाचनमा ढुक्कसँग सहभागी भई मतदान गर्न निर्वाचन प्रमुख राईले समस्त कोरियावासी नेपालीहरुलाई आग्रह गरेका छन । निर्वाचनका बारेमा बिभिन्न हल्ला
फैलिएपछि राईले अनलाईन मार्फत निर्धारित समयमै निर्वाचन हुने दावी गरेका छन । एनआरएनए कोरियाका सँस्थापक अध्यक्ष,एसिया प्याशिफिक संयोजक एबं एनआरएनए अभियन्ता गंगाराज राईले आफु यो सँस्थाको सँस्थापक नै भएकाले र धेरै ठाऊमा यस्ता निर्वाचन सम्पन्न गराईसकेकाले समस्त कोरियावासी नेपालीहरुलाई ढुक्कसँग अनलाईन निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेका छन ।
एनआरएनएको अधिवेसनका लागी नेपालबाट प्रमुख अतिथी पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरी,अतिथीहरु संविधान सभा सदस्य हरि ढकाल, नेपाली राजदूतावास सिउलका राजदुत ज्योती प्याकुरेल भण्डारी, एनआरएनए आइसिसी अध्यक्ष विनोद कुँवर,जनसवाल रास्ट्रिय दैनिकका सम्पादक रामजी बगाले,एनआरएनए आइसिसीका पदाधिकारीहरु कोरिया आइसकेका छ।