तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

भक्तपुर जिल्लालाई पहिलो सडक मानवमुक्त बनाउन सबै एक जुट होऔं : श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण १४ गते, आईतवार १७:५२

सन्जिब दुलाल
भक्तपुर । भक्तपुरलाई सडक मानव मुक्त जिल्ला बनाउन विभिन्न निकाय एक भएर लागि परेका छन् ।
साउन १३ गते शनिवार राती ९ बजे देखि भक्तपुरलाई सडक मानव मुक्त जिल्ला बनाउन विभिन्न सरोकारवालाहरू एक जुट भएर रातमा सडक मानव खोजी कार्यमा एक भएका छन् ।
बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठको प्रमुख आतिथ्ययतामा भक्तपुरलाई पहिलो सडक मानव मुक्त जिल्ला अभियानको थालनी गरिएको छ ।
भक्तपुरको पाँच तले मन्दिर प्राङ्गणबाट उक्त अभियान थालनी गरिएको हो ।
अभियानको थालनी गर्दै बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले भक्तपुरलाई नेपालको नै पहिलो सडक मानव मुक्त जिल्ला बनाउन सबै एक जुट भएर लाग्नु पर्ने बताउनुभयो । उहाँले मानिस सडकमा रहरले नबस्ने बताउँदै कुनै न कुनै बाध्यताका कारण मानिस सडकमा पुग्ने बताउँदै उनीहरूको उचित व्यवस्थापनमा सबै एक जुट भएर लाग्नु पर्ने बताउनुभयो ।
बागमती प्रदेशलाई नै पहिलो सडक मानवमुक्त प्रदेश बनाउन आफूले गर्न सक्ने सम्पूर्ण काम गर्ने उहाँले बताउनुभएको थियो ।
सडक किनार वा पाटी पौवामा रात बिताउने सडक मानवहरूको उचित व्यवस्थापनका लागि सात दिन सम्म उक्त अभियान चलाइने अभियन्ता नवराज काफ्लेले जानकारी दिनुभयो ।
भक्तपुरमा भएका विभिन्न सङ्घ संस्थाहरूले सडकबाट उठाएका सडक मानवहरूलाई लालन पालन तथा व्यवस्थापन गर्ने काम गर्ने समेत उहाँले जानकारी दिनुभयो ।
आफ्नो वडा नेपाल, मानव सेवा आश्रम, लायन्स क्लब, पातञ्जल योग सेवा केन्द्र, मानव सेवा घर आश्रम, आफ्नो घर आफ्नो आश्रम, जिल्ला परिसर भक्तपुर, स्वच्छ हावा सञ्जाल, गैसस महासङ्घ, तौमडी यूथ क्लब,वेव ग्रुप, स्थानीय निकाय लगायत विभिन्न सङ्घ संस्थाको सहयोगमा भक्तपुर सडक मानवमुक्त बनाउन एक जुट भएर लागेका छन् ।
सात दिन सम्म चल्ने उक्त अभियान भक्तपुरका चार नगरपालिकामा नै रहेका सडक मानवहरूको उद्धार तथा उनीहरूलाई परिवार सँग मिलन गराउने वा विभिन्न सङ्घ संस्थाहरूमा नै राखेर स्वास्थ्य उपचार तथा बालबालिकाकालागि शिक्षा दीक्षा दिने व्यवस्था गर्ने उद्देश्यका साथ अभियान चालिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु