सचिन्द्र श्रेष्ठ/पपुवा न्यूगिनी। गैर आवासीय नेपाली संघ पपुवा न्यूगिनीको अध्यक्षमा पोषण पुन निर्बाचित भएका छन।यस अघिका कार्य समितिमा समेत बिभिन्न पदमा बसेर सेवा गर्दै आई रहेका थिए।अधिवेशनले सन् २०२३ देखि २०२५ को कार्यकालका लागि अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो ।
महासचिबमा अशोक गौतम र सचिबमा दीपेंद्र थापा निर्बाचित हुनु भएको छ।
यसै गरी कोषाध्यक्षमा केशब राना र प्रबक्तामा कुल बहादूर श्रीस निर्बाचित भए।
निर्बाचन समितिका संयोजक राजू के. सी. ले सहमतिमा नै बिभिन्न पदको अंतिम टुङ्गो लगाईं निर्बाचित भएको बताए।
निर्बाचन समितिका संयोजक राजू के. सी. ले निर्बाचित कार्य समितिलाई सपथ तथा पदभार गराएका थिए।
चौथो अधिबेसन २०२३-२०२५ का लागी नव निर्बाचित पुनले यस गैर आवसीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषदलाई दुबै पक्ष सँग श्रम समझौता गराउन पहल गर्ने,आर्थिक पारदर्शीता, नेपाली कामदारमा श्रोत साधनको पहुँच,आधिकारिक राजदूतावास नभएका कारण डेस्क स्थापना गर्ने,कूटनीतिक प्रतिनिधित्व स्थापना गरी कन्सुलर सेवा प्रदान गर्ने र दुई देश बीचको सम्बन्धलाई नया उचाईमा पुर्याउन मद्दत र बिस्तार लगायतका कुरामा जोड दिने बताएका छन।
महाधिबेसनमा प्रमुख अतिथि गैर आवसीय नेपाली संघ ,अंतरास्ट्रीय समन्वय परिषदका सचिब अभिमान सिंह बस्नेतको उपस्थिति रहेको थियो।
साथै बरिष्ठ उपाध्याक्ष हिमाल गौतम,महिला संयोजक ममता गिरी, युवा संयोजक गोपाल पुन, सदस्यहरु मदन थापा, दिपक दवाडी,नेत्र मान श्रेष्ठ र आइसिसि सदस्य मोहन पन्त लगायतका चयन भएका छन् ।