पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

जरैदेखि श्रमिकका समस्या बुझेकाले अबको एनआरएनए हाँक्नुपर्छ – उपाध्यक्ष शर्मा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण १५ गते, सोमबार ०७:५०

क्वालालम्पुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष राजेन्द्र कुमार शर्मा (आरके) ले मध्यपूर्व तथा एसियाली मुलुकमा कार्यरत नेपाली श्रमिकका समस्या नजिकबाट बुझेको व्यक्ति अब संघको नेतृत्वमा आउनु पर्ने बताएका छन्।

मलेसियाको क्वालालम्पुरमा आयोजित एनआरएनए मलेसियाको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले संघमा अब श्रमिकमैत्री नेतृत्व आवश्यक रहेको बताएका हुन्।

‘जरैदेखि श्रमिकका समस्या बुझेकाले अबको एनआरएनए हाँक्नुपर्छ। भुँइ मान्छेका समस्या बुझेको व्यक्ति अब एनआरएनएको नेतृत्वमा आउनुपर्छ,’ शर्माले कार्यक्रममा भने।

कतारमा कर्मथलो बनाएका शर्मा संघको आउँदो कार्यकालका लागि अध्यक्षका उम्मेदवारी दिने तयारीमा छन् ।

खाडी तथा एसियाली मुलुकमा कार्यरत श्रमिकका समस्या यस क्षेत्रमै रहेका व्यक्तिले मात्र बुझ्न सक्ने बताउँदै शर्माले भने, ‘टाढाको आरनभन्दा नजिकको उदिन काम लाग्छ।’

उनले खाडी तथा मलेसियामा काम गर्ने श्रमिकका पीडा आफूले नजिकबाट भोगेको तथा अनुभूति गरेको बताएका छन्।

वैदेशिक रोजगारीमा ज्यान गुमाउने श्रमिकका परिवार वा आफ्न्तले पाउने क्षतिपूर्तिको दायारा बढाउन शर्माको माग छ।

‘विदेशमा मृत्युवरण गरेका श्रमिकका परिवारले कम्तिमा ५० लाख नेपाली रुपैयाँ पाउनुपर्छ । यसका लागि सरकारवाला सबै निकायले पहल गनुपर्छ,’ उनले भने, ‘एनआरएनले पनि अब श्रमिकका यस्ता मुद्धालाई प्राथामिकता दिनुपर्छ ।’

खाडी तथा मलेसियामा भाषा नबुझेकै कारण कतिपय नेपालीले जेल जीवन बिताइरहेको बताउँदै श्रमिक सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनले बताए।

‘मध्यपूर्वको नेतृत्व आउँदा श्रमिकका यस्ता समस्या हल हुन्छन्,’ उनले भने ।

७० प्रतिशत रेमिटयान्स् खाडी मुलुक तथा मलेसिया र कोरियाबाट नेपालमा जाने तर, देशको अर्थतन्त्र चलायमान बनाउने उनीहरु सधै बिचराको पात्र बनाइएको भन्दै उनले गुनासो समेत गरे।

उनको दुखेसाे छ, ‘देशको अर्थतन्त्र धान्ने हामी कहिलेसम्म विचराको पात्र बन्ने ?’

शर्मा नेतृत्व सम्हाल्ने अभियानमा अहिले देश दौडाहामा रहेका छन् । उनी मध्यपूर्व, यूरोप तथा अहिले एसिया प्यासिफिक मुलुकको भ्रमणमा निस्किएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु