२०८०, श्रावण १५ – खीर दिवस कार्यक्रम नेपाल डेरी एसनेसिएसनले देशभरी विभिन्न कार्यक्रम गरि मनाएको छ। एसोसिएसनका प्रदेश जिल्ला र क्षेत्रिय रुपमा खिर खुवाई मनाइयो । कार्यक्रम देशभर सातै प्रदेशमा मनाइयो ।
कोशी प्रदेशमा विभिन्न कार्यक्रम गरिनुका साथै हाल भइरहेको ल्याव टेक्निसियन तालिममा सहभागी सबैलाई खीर खुवाइ खिरको महत्व बारे जानकारी गरि मनाईयो । कार्यक्रममा केन्द्रिय उपाध्यक्ष राजन चिमोरिया,, महासचिव हेमचन्द्र खनाल, सदस्य सुमन चिमरिया, अशेष बुढाथोकी, प्रदेश अध्यक्ष गंगा बहादुर खड्का लगायतका डेरी उद्योगीहरुको सहभागीता रहेको थियो ।
मधेश प्रदेशमा प्रदेश अध्यक्ष राघौ सिंको संयोजकत्वमा केन्द्रिय उपमहासचिव विजय प्रसाद चौरसिया र केन्द्रिय सदस्य नविन चौरसिया लगायत उद्योगीहरुको उपस्थितिमा हरिवन नगरपालिकामा खीर खाने कार्यक्रम राखी मनाइयो ।
बागमति प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरेज्यूको संयोजकत्वमा काठमाडौंको कपन, आकाशेधारामा स्थित मौलिक बजार एवं मौलिक भान्छाघरमा सात प्रदेशको ७ थरि खीर खुवाउने कार्यक्रममा सहआयोजकको रुपमा सहभागीता जनाई मनाईयो । कार्यक्रममा केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, सदस्य रमेश सञ्जेल, बागमती प्रदेशका सचीव श्याम घिमिरे, ललितपुर दुग्ध व्यवसायीका कोषाध्यक्ष हुद्धराज तिमल्सिना, काठमाडौंका भिम प्रसाद दाहाल लगायत उद्योगीहरुको उपस्थिति रहेको थियो ।
गण्डकी प्रदेशमा प्रदेश अध्यक्ष एवं केन्द्रिय सचिव शिवहरी अचार्यको संयोजकत्वमा केन्द्रिय सल्लाहकार ज्ञानेन्द्र बजगाई लगायत उद्योगीहरुलाई भेला गराई दुधको महत्व बुझाई खीर खाने कार्यक्रम सम्पन्न भयो ।
लुम्बिनी प्रदेशमा प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेको विशेष भुमिकामा केन्द्रिय कोषाध्यक्ष दयाराम भण्डारी, सह सचिव शिव भुसाल, सदस्य भुवनेश्वर न्यौपाने, अर्जुन अधिकारी, निवर्तमान प्रदेश अध्यक्ष कृष्ण भट्टराई, पुर्व अध्यक्ष मेघराज भण्डारी लगायत उद्योगीहरुको उपस्थितिमा रुपन्देहीको बुटवलमा वृद्धा आश्रममा खीर खुवाउने कार्यक्रम गरि मनाईयो।
अन्य प्रदेशहरुमा एसोसिएसनका पदाधिकारीहरु एवं सदस्यहरु मिलि खीर खाने कार्यक्रम गरि श्रावण १५ गते मनाएको जानकारी प्राप्त भएको छ ।