एसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृतउर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहोर व्यवस्थापनबिजया दशमीको आज तेस्रो दिन,चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिदैआज शनिवार, राशिफल हेरेर जान्नुहोस् कस्तो रहला तपाईको आजको दिन ?लोकप्रिय गायक तथा सर्जक ढकाल सम्मानितस्याटको आयोजनामा शुभकामना आदान प्रदान, पदक तथा ट्रफी वितरण एवम् सम्मान कार्यक्रम सम्पन्नथरिथरिका परिकार पस्कँदै अर्गानिक फेमिली सेकुवा घर” सञ्चालनमाआज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदैविश्व पशु दिवसका अवसरमा सञ्चारकर्मीहरूसँग छलफलत्रिपक्षीय सम्झौता नेपालको उर्जा क्षेत्रका लागि कोशेढुङ्गा : उर्जामन्त्री खड्का

गोरखाका स्वास्थ्य संस्थालाई १५ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण १५ गते, सोमबार २१:५३

गोरखा । गोरखाको शहिद लखन गाउँपालिका र गण्डकी गगाउँपालिकाभित्रका स्वास्थ्य चौकीलाई रु १५ लाख ५० हजार मूल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।

मुटु फाउन्डेशन नेपालले आमाको माया परियोजना अन्तर्गत आमा र बाल मृत्यु दरलाई कम गर्न गोरखाको शहिद लखन गाउँपालिकाभित्रका स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

उक्त संस्थाले शहिद लखन गाउँपालिकाभित्रका बुङकोट स्वास्थ्य चौकी, मनकामना आधारभूत स्वास्थ्य चौकी, मनकामना स्वास्थ्य चौकी, ताकलुङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको मुटु फाउण्डेशन नेपालका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिनुभयो ।

उक्त सामाग्री गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगर, वडा अध्यक्षहरु सरन श्रेष्ठ, सकुन थापा, दिपक पाण्डे, यामबहादुर थापालगायतको उपस्थितीमा प्रदान गरिएको हो । यस्तै, गण्डकी गाउँपालिका अन्तगएत मकैसिंह प्राथमिक स्वाथ्य केन्द्र र भुम्लीचोक स्वाथ्य चौकीलाई वडा अध्यक्षद्वय तुल बहादुर गुरुङ र तोपमान गुरुङको उपस्थितीमा प्रदान गरिएको थियो ।

स्वास्थ्य सामाग्रीको अभावका कारण स्वास्थ्यकर्मीलाई सेवा दिन असहज नहोस् भन्ने उदेश्यले मनोज एसोसियसन फ्रान्स र नमस्ते ग्रिनवलले आर्थिक सहयोग गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु