शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

सञ्जीवलाई अमेरिकामा विशेष सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण १६ गते, मंगलवार १६:४४

काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक एवं निर्णायक सञ्जीव नेपाली अमेरिकामा विशेष सम्मानबाट सम्मानित भएका छन् । खेलकुद क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै अमेरिकाको द सिनेट अफ मेरील्यान्ड र न्यु जर्सी सिटीले उनलाई विशेष सम्मान गरेको हो । उनलाई द सिनेट अफ मेरील्यान्डका काथरिन क्यासमियर र न्यु जर्सी सिटीका काउन्सिल प्रेसिडेन्ट जोयस वाटरम्यानले सम्मान गरेका हुन् ।
अमेरिका बसाइका क्रममा तेक्वान्दो खेलको विकास र विस्तारमा पु¥याएको योगदानको कदर गर्दै आफूलाई सो सम्मान प्रदान गरेको सञ्जीवले बताए । ‘अमेरिका बसाइँका क्रममा विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गर्नुका साथै अफिसियल रेफ्रीजर्ज र प्रशिक्षकको भूमिका पनि निर्वाह गर्दै आएको छु’, सञ्जीवले भने, ‘त्यही योगदानको कदर गर्दै दुवै संस्थाले सम्मान गरेका हुन् ।’ यो सम्मान आफ्नो खेल जीवनकै सबैभन्दा ठूलो भएको सञ्जीवले बताए ।
बारा निजगढका सञ्जीवले तेक्वान्दोका माध्यमबाट विश्वका विभिन्न देशमा पुगेर राष्ट्रको झण्डा फहराउँदै आएका छन् । लामो समय तेक्वान्दोमै बिताएका सञ्जीवले आफूले सकुँञ्जेल तेक्वान्दोकै विकास र विस्तारमा समर्पित हुने योजना बनाएका छन् । उनले हङकङ, थाइल्यान्ड, इङ्ल्यान्ड, स्पेन, जापान, क्यानडा, अमेरिकालगायतका मुलुकमा पुगेर विभिन्न प्रतियोगितामा सहभागिता जनाउनुका साथै पदक पनि जितेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु