शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

निमुखा जनताको जीवनस्तर उकास्ने पेसा होमस्टे ः सुरेश श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण १६ गते, मंगलवार १७:००

सन्जिब दुलाल
भक्तपुर । होमस्टे निमुखा जनताको जीवनस्तर उकास्ने पेसा भएको सरोकारवालाले जनाएका छन् । होमस्टे(घरबास) महासङ्घ नेपालको प्रथम चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै सरोकारवालाहरूले निमुखा जनताको जीवनस्तर उकास्ने पेसा होमस्टे भएको बताएका हुन् ।
चाँगुनारायण नगरपालिका वडा नम्वर ४ शान्ति पार्कमा भएको पहिलो नगर सम्मेलनमा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले भक्तपुरमा होमस्टेको प्रचार प्रसारलाई तीव्र बनाउनु पर्ने बताउनुभएको छ । चाँगुनारायण नगरपालिकामा मात्र १३ वटा होमस्टे हुँदा हुँदै पनि प्रचार प्रसारको अभावले केही होमस्टेको विषयमा मात्र जनतालाई थाहा भएको भन्दै उहाँले यसकोलागि प्रदेशमा समेत पहल गर्ने उहाँले बताउनुभएको थियो ।
बागमती प्रदेश सरकारले होमस्टे पर्यटनका लागि टेवा पुग्ने गरी ल्याएको नीति कार्यक्रम तथा बजेटबारे जानकारी दिँदै उहाँले चाँगुनारायण नगरमा होमस्टेको विकास र विस्तार र प्रवर्द्धनका लागि विगतमा गरिएका कामहरूको स्मरण गर्दै थप सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो ।
बागमती प्रदेश सभा सांसद प्रेमभक्त महर्जनले आफू होमस्टेकर्मी नै भएको र होमस्टे एसोसिएसनमा रहेर काम पनि गरेकाले आफूलाई होमस्टेको समस्या के हुन थाहा भएको बताउनुभएको थियो । उहाँले संसदमा रहेर सरकारलाई होमस्टे मैत्री नीति तथा कार्यक्रम ल्याउन दबाब निरन्तर दिइरहेको र आगामी दिनमा पनि आफू निरन्तर होमस्टे पर्यटनलाई नै बढी जोड दिने पक्षमा रहेको बताउनुभएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्रीका सल्लाहकार डी पी ढकाल, चाँगुनारायण नगरपालिकाका पूर्व मेयर सोम प्रसाद मिश्र, चाँगुनारायण नगरपालिकाका कार्यकारी अधिकृत चुरामणि पन्थी, भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत विजय कुमार शर्मा लगायतका अतिथिको उपस्थिति रहेको थियो ।
अध्यक्षमा कान्छा लामा
अधिवेशनबाट कान्छा लामाको अध्यक्षतामा होमस्टे महासङ्घ नेपालको चाँगुनारायण समिति गठन गरिएको छ । चाँगुनारायण तदर्थ समितिका उपाध्यक्ष कान्छा लामाबाट विद्यमान समिति विघटन गरी ५ सदस्यीय निर्वाचन मण्डलबाट समितिको गठन गरिएको हो ।
बागमती प्रदेशका स्थानीय तहमध्ये चाँगुनारायण नगरपालिकाले पहिलो अधिवेशन सम्पन्न गर्दै आफ्नो कार्यसमिति चयन गरेको हो ।
नगरपालिकामा दर्ता भएका होमस्टेहरूमध्येबाट प्रतिनिधि चयन गरी समिति गठन गरिएको थियो । नगरपालिकाभित्र १३ वटा होमस्टे दर्ता भई सञ्चालनमा आएको छ जसबाट अधिवेशनमा नगरभित्रका १३ होमस्टे मध्ये ९ वटा होमस्टेबाट ४४ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु