दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण १७ गते, बुधबार १४:३०

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु भएको छ ।

काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा सुरु भएको बैठक पाँच दिनसम्म चल्नेछ । बैठकमा संगठनात्मक र राजनीतिक प्रतिवेदनमाथी छलफल र बहस हुनेछ । बैठकको उद्घाटन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पार्टीजस्तो हुन नसकेको टिप्पणी गर्नुभयो ।

उहाँले पार्टी सुदृढिकरणको आवश्यकता औल्याउनुभयो । बैठकमा सरकारका कामको समीक्षालगायतका विषयमा पनि छलफल छ । यस अघि आज विहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी वैठकले केन्द्रीय समिति वैठकका एजेण्डा तय गरेको थियो ।

केन्द्रीय कमिटीबाट विधान संशोधन गर्ने निर्णय पनि पदाधिकारी वैठकले गरेको छ । कांग्रेस वैठकको सिको गर्दै केन्द्रीय समिति वैठकको प्रत्यक्ष प्रसारण गर्ने भनिएकोमा पार्टीभित्र विवाद भएपछि पदाधिकारी वैठकले प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु