दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएनए युवा उपाध्यक्षमा रोशन थापाद्वारा पुन उम्मेदवारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण १८ गते, बिहीबार १४:०२

काठमाडौं-गैरआवासीय नेपाली संघ (एनआरएनए) को युवा उपाध्यक्षमा रोशन थापाले पुन उम्मेदवारी घोषणा गरेका छन । थापालाई युवा उपाध्यक्षमा दोहोर्‍याउन धेरै एनआरएनए अभियन्ताहरु सकारात्मक देखिन्छन ।
थापाले युवा उपाध्यक्षमा दोहोरिने इच्छा देखाएपछि एनआरएनए अभियन्ताहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन ।
संघको एघारौं महाधिवेशन आगामी अक्टोबरमा हुँदैछ।

विगत लामो समयदेखि जापान र अफ्रिकालाई आफ्नो कर्मथलो बनाएका थापा अनुभवी र सम्भावना बोकेका एनआरएनए युवा मानिन्छन ।
२ दशकअघि अध्ययनका लागि जापान पुगेका थापा अहिले सफल व्यावसायी बन्न सफल भएका छन ।
थापाले जापानको एडवा विश्वविद्यालयबाट आइटी म्यानेजमेन्टमा मास्टर डिग्री हासिल गरेका छन । उनी अटो मोबाइल र रियलस्टेट व्यवसायी समेत हुन ।
थापाले जापानमा इन्स्योरेन्स क्षेत्रमा पनि लगानी गरेका छन। नेपालमा हाइड्रो तथा आइटी क्षेत्रमा समेत थापाको लगानी रहेको छ।

थापासँग यसअघि एनआरएनए ताम्जिनियाको दुई कार्यकाल अध्यक्ष गरेको अनुभव पनि छ । उनले एनआरएनए अफ्रिकी क्षेत्रको संयोजक समेत भएर काम गरिसकेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु