जापान-गैरआवासीय नेपाली संघ(एनआरएनए)को नेतृत्वका लागि हालका उपाध्यक्ष महेश कुमार श्रेष्ठले ५ रणनीति र २५ योजनाकासाथ उम्मेद्वारी घोषणा गरेका छन ।
‘२०२३–०२५’ कार्यकालको लागि अगस्टको अन्तिम हप्ता एक भब्य कार्यक्रमका बीच अध्यक्षमा उम्मेद्वारी घोषणा गर्न लागेको बताएका छन ।
एनआरएनएको ११ औं महाधिवेशन आगामी अक्टुवरमा काठमाडौं हुँदै छ । उपाध्यक्ष र कोषाध्यक्षको जिम्मेवारी कुशलता पूर्वक पूरा गरेका श्रेष्ठलाई एनआरएनएहरुले समन्वयात्मक भुमिका निभाउन सक्ने बिचको नेताका रुपमा चिन्छन ।
श्रेष्ठले गैर आवासीय नेपालीको हकहित, नेपालको समृद्धि र विकाममा एनआरएनए, गैर आवासीय नेपाली संघलाई संस्थागत गर्ने, विश्वभर रहेका नेपालीका समस्याको समाधान र युवाहरुलाई एनआरनएमा जोड्ने रणनीतिक योजनाका साथ उम्मेद्वारी घोषणा गर्ने तयारी गरेका हुन ।
आफ्ना रणनीतिलाई कार्यन्वयन गर्न २५ वटा कार्यन्वयन योजना समेत बनाएका छन । आगामी कार्यकालमा पूरा गर्न सक्ने सक्नेगरी योजना समेटेका छन ।
एनआरएनए अभियन्ता र विभिन्न देशमा रहेका नेपालहरु माझ श्रेष्ठ समन्वयात्मक भुमिका निर्वाह गर्नेको रुपमा परिचित रहेका छन। एनआरएनएमा नेतृत्वले सबैमा मिलाउन नसक्दा अभियानमै नकारात्मक असर देखिएको थियो। विश्वमा रहेका नेपालीलाई विभाजन भन्दा जोड्ने प्रयत्नको लागि अध्यक्षमा उम्मेद्वारी दाबी गर्न लागेको बताउने गरेका छन ।
विश्वका विभिन्न ठाउँमा छरिका पुराना र नयाँ सबै एनआरएनए जोडेर कार्यसमिति बनाउने अध्यक्षका प्रत्यासी श्रेष्ठ बताउँछन ।
‘एनआरएनएमा अहिले मेलमिलाप, एकता र सहमति गरेरै अघिबढ्ने परिस्थिती रहेको छ,’ श्रेष्ठ भन्छन्,‘गफ लगाउनेमा विश्वास गर्दैन परिणाममुखी काम गर्नुपर्छ।’
कायचु युर्निभर्सिटी टोकियोमा पीएचडी गरिरहेका श्रेष्ठले एनआरएनएको पदाधिकारी भए सफल नेतृत्व गरिसकेका छन्। २०१९–०२१ मा कोषध्यक्ष हुँदा एनआरएनएलाई संस्थागत विकास गर्नकोलागि ठुलो भुमिका निभाएका छन्।
ग्लोबल युर्निभर्सिटी जापानबाट एमबीए गरेका उनी कोषध्यक्ष हुँदा एनआरएनएको फाइनान्सियल सिस्टम भद्रगोल रहेको थियो। २०० बढी बेरुजुका चाङ रहेका थिए। टेन्डर आब्हान गर्नुपर्ने काममा पनि सोझै खरिद गर्दा धेरै बेरुजुलगायतका देखिएका थिए। एनआरएनए घाटामा रहेको थियो। श्रेष्ठले अध्ययन र व्यवसायीक अनुभले एउटा नियमावली बनाएरै फाइनान्सियल सिस्टम बसालेका छन्।
आफ्नो व्यवसायमा सफल श्रेष्ठ एनआरएमा पनि वार्षिक बजेट ल्याई काम थाले। हरेक ३ महिनामा आन्तरिक अडिट र वार्षिक रुपमा बाह्य अडिटगर्ने सिस्टम बसाल्नमा महत्वपूर्ण भुमिका खेलेका छन्। श्रेष्ठको नेपाल र जापानमा थुप्रै कम्पनीमा लगानी रहेको छ।
जापानमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको अध्यक्ष तथा सिइओ, टोनल कम्पनी लिमिटेडको अध्यक्ष र सिइओ, जेएन कृषि कम्पनी लिमिटेड, सिटी ट्राभल एन्ड टुर कम्पनीमा निर्देशक रहेका छन ।
नेपालमा मनी ट्रान्सफर सहित, ट्राभल, हाइड्रो, पर्यटन, आईटी क्षेत्रमा जोडिएका छन । सिटी एक्सप्रेस मनी ट्रान्सफर, सिटी एक्सप्रेस म्यानेजमेन्ट, सिटी टेक, सिटी इन्भेष्टमेन्ट फन्ड प्रालि, हिमालयन पावर पार्टनर, एनआरएनए इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लि।, द क्लिफ प्रा।लिमा प्रमोटर तथा सल्लाहकार रहेका छन।
उनले नेतृत्व गरिरहदाँ एनआरएनएलाई प्रविधि मैत्रि बनाउन एमआइएस सिस्टम, फेस भेरिफिकेसन सिस्टमका योजनाकार पनि हुन । एक पटकको नेपाली सधैंको नेपाली भन्ने नारालाई आत्मसाथ गर्दै विश्वभर रहेका नेपालीमा परिहेका समस्या समाधानमा अग्रसर हुने बाचा गरिरहेका छन ।
विश्वभरका नेपालीलाई जोड्नेसंगै नेपालमा लगानी, सम्पत्ति सुरक्षा, नागरिकताको समस्या समाधानको नेतृत्व लिन चाहेका छन।
अवको एनआरएनए निर्वाचनमा श्रेस्ठसङ्गै हालका उपाध्यक्ष आरके शर्मा कतार,अध्यक्ष बद्री केसी रसिया,अध्यक्ष रविना थापा अमेरिका र महासचिव केशव पौडेल अमेरिकाले निर्वाचनमा उठ्ने सार्वजनिक गरिसकेका छन ।