शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

अफगानिस्तानको बामियानमा पर्यटक जान थाले

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण १८ गते, बिहीबार १९:१७

छैटौं तथा सातौँ शताब्दीमा, मध्य अफगानिस्तानको बामियान उपत्यकामा चट्टान काटिएको बुद्ध मूर्तिकलाहरू संसारमा सबैभन्दा ठूलो मानिन्थ्यो । बामियान बुद्धको रूपमा सामुहिक रूपमा परिचित, दुई स्मारक मूर्तिकलाहरूले बौद्ध र गैर–बौद्ध आगन्तुकहरूलाई एक हजार वर्षभन्दा बढी समयदेखि चकित पारिरहेका थिए । २००१ मा तालिबान शासक मुल्ला ओमरले सेना लगाएर बामियानका बुद्धमुर्ति संरचना ध्वस्त गर्न लगाएका थिए । यो ध्वंशले विश्वभर रहेका बौद्धमार्गीहरुलाई ठूलो चोट पुगेको थियो । साथै अफगानिस्तान शाषकको धेरै आलोचना पनि भएको थियो । बामियान बुद्धको विनाश मानव इतिहासको ठूलो क्षतिको रुपमा हेरिन्छ । तर अहिले दोश्रो पटक अफगानिस्तानमा शासन गरिरहेको तालिवान सरकारले बामियान उपत्यकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न खोजिरहेको छ ।

३ हजार मिटर उचाईमा रहेको अफगानिस्तानको बामियान प्रान्त पर्यटकले भरिन थालेको छ । आफ्नो बौद्ध संस्कृति र आकर्षक परिदृश्यको लागि प्रसिद्ध, मध्य प्रान्त बामियान दशकौंको युद्ध र गृहयुद्धमा नराम्ररी क्षतिग्रस्त यो क्षेत्र बिस्तारै उठ्न खोजिरहेको छ । यसलाई अर्को शब्दमा रमणीय बामियान प्रान्तले अफगानिस्तानको पर्यटक हबको रूपमा आफ्नो हैसियत बनाउन खोजिरहेको छ । लाखौं पर्यटकहरू यस प्रान्तको बन्द–ए–अमिर भ्रमण गर्न आउँछन् । यस क्षेत्रमा समुन्द्र सतहबाट करिब ३ हजार मिटर उचाइमा छ वटा प्राकृतिक तालहरूको श्रृंखला रहेको छ । धेरै ऐतिहासिक स्मारकहरू रहेको यो उच्च भूमि शान्ति पुनःस्थापनासँगै फेरि पर्यटकको केन्द्रबिन्दु बनेको छ । मजार–ए–शरीफ सहरबाट बामियान प्रान्त घुम्न आएका पर्यटक हबिबुल्लाह मिर्जादले गर्मी छल्न र केही समय बिताउन राम्रो गन्तव्य भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, “म मजार–ए–शरीफ शहरबाट आएको हुँ । त्यहाँको मौसम तातो र उष्ण कटिबन्धीय थियो, तापक्रम ४६ डिग्री सेल्सियस छ । हाम्रो गन्तव्यहरूमध्ये एउटा बामियानको सुन्दर परिदृश्य हेर्नको लागि ब्यान्ड–ए–अमिर थियो । सुरक्षा अवस्था राम्रो छ । र हामीले कुनै सुरक्षा समस्याको सामना गर्नु परेन ।

बाम्यानको रमाइलो वातावारण र मौसमले गर्मी छल्न आएका पर्यटकहरूलाई यसको पहाडी र रमणीय परिदृश्यको आनन्द पनि दिलाउँछ । अर्का पर्यटक अब्दुल बासिर अफगानिस्तानको सरिपुल प्रान्तबाट आएका हुन् सरिपुलमा धेरै गर्मी भएकोले बम्यानमा घुम्न र गर्मि छल्न आएको बताउनु भयो।
उहाँले भन्नुभयो, “म तातो मौसमबाट बच्न सारीपुल प्रान्तबाट आएको हुँ। आजकल सारी पुल धेरै तातो छ र तापक्रम ३९ देखि ४० डिग्री सेल्सियस छ । हाम्रो बामियान भ्रमणको उद्देश्य प्रकृतिको सौन्दर्य, विशेषगरी बन्द ए अमिरको आनन्द लिनु हो ।

\अफगानिस्तानका पर्यटन अधिकारीका अनुसार पछिल्लो दुई वर्षयता बामियान घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकको संख्या निरन्तर बढेको छ । अहिलेसम्म हजारांै अफगानी नागरिकसँगै १ हजार २ सय विदेशी पर्यटकहरूले बामियान भ्रमण गर्न आफ्नो नाम दर्ता गराएको बताउनु भयो ।
उहाँले भन्नुभयो, “१,२०० विदेशी पर्यटकहरू बामियान भ्रमण गर्न दर्ता भएका छन् ।”

मोफ्लेहले जुन २९ बाट शुरु भएको इद अल–अजाहको बिदामा करिव ७० हजार पर्यटकले बामियान भ्रमण गरेका थिए ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार परेको सामग्री ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु