प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

शम्भुजित बाँस्कोटाको ‘यो तिजमा नजाने माईती’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण १८ गते, बिहीबार १९:२२

मञ्जु थापाको ‘यो तिजमा नजाने माईती’ बोलेको गीत सार्वजनिक भएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमका बीच गीत सार्वजनिक भएको हो । गीतमा स्वर मञ्जु थापाको रहेको छ भने संगीत शम्भुजित बाँस्कोटाले भरेका छन् । गीतको भिडियोमा दीपा श्री निरौला, रेजिना उप्रेती, निता ढुंगाना र शिला गजुरेल लगायतका कलाकारको अभिनय छ । कार्यक्रममा बोल्दै गायिका थापाले मेहनत गरेअनुसार गीत राम्रो बनेको बताउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै अभिनेत्री दीपाश्री निरौलाले तिज भन्नेबित्तिकै आफू फुरुङ्ग हुने गरेको बताउनु भयो । उहाँले गीत र भिडियो उत्कृष्ट बनेको बताउनु भयो । त्यस्तै अभिनेत्री रेजिना उप्रेतीले गीत राम्रो रहेको र गीत सुन्नेबित्तिकै मन परेर अभिनय गरेको बताउनु भयो । उहाँले आफू घरमै तिज मनाउने भएकाले आफ्नो लागि तिज गीत बनेको जस्तो अनुभव भएको बताउनु भयो । कार्यक्रममा बोल्दै संगीतकार शम्भुजित बाँस्कोटाले गीतमा धेरै मेहनत गरेर बनाएकाले राम्रो रहेको बताउनु भयो ।

संगीतकार बाँस्कोटाले घरमै सबैलाई बोलाएर घरमै तिज मनाएर रमाइलो गर्ने भन्ने सन्देश दिनका लागि गीत सिर्जना गरेको बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु