प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

विशाल नेपालको चर्चित प्रसंंग वीर बलभद्र स्मारकको साथै नेपालका धार्मिक स्थलको संरक्षणमा उदाहरणीय व्यक्तित्व अजेयराज सुमार्गी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण १९ गते, शुक्रबार ०५:४१

शिव अधिकारी
पूर्व महासचिव नेपाल व्यवस्थापन संघ

भरतले नेपाल लगायत बंगला देश, पाकिस्तान, र अफगानिस्तानको भूभाग समेत समेटेर नक्सा संसद भवनमा राखेपछिको प्रतिकृया स्वरुप यो मिचाहा व्यवहारको विरोधमा नेपाली जनता आन्दोलित हुन पुगेका हुन । अन्ततः जस्तालाई तस्तै ढिडालाई निस्तै भनेझै काठमाण्डौ महानगर पालिकाका मेयर वालेन साहले सुगौली संन्धिको निहुमा भारतले हडपेको तिष्टा कांगडा सहितको भूभाग समेटिएको ऐतिहासिक नक्सा आफ्नो कार्यकक्षमा राखेर उक्त भूभाग नेपालको हो र भारतले ती भूभाग फिर्ता गर्न भन्दै दरो जबाफ दिएका छन ।
नालापानी धेरै पहिले देखि भारतले कब्जामा लिएको नेपालको ऐतिहासि धरोहर हो । यो क्षेत्रको बचावटको लागि युद्धमोर्चामा नेपाली योद्धाहरुले अंग्रेजहरुसंग वीरतापूर्वक लडेका थिए । यसरी अग्रेजसंग लडिरहेको किल्ला नालापानीलाई स्मारकको रुपमा संम्मानित गरिएको त्यस मोर्चाका कमाण्डर विर बलभद्र कुँबरको स्मृतिमा बनेको स्मारकको संरक्षणमा व्यापारी एवं समाजसेवी अजेयराज सुमार्गीले सहयोग गर्दै आएका छन ।
यसरी एउटा व्यापारीले भारतले कब्जा गरेको भूमिमा गएर नेपालको इतिहासको खोजी गर्नु र त्यस्ता स्मारकको संरक्षण गर्नुलाई सम्मानपूर्बक ग्रहण गर्नुपर्ने बिषय बनेको छ । व्यापारिक दृष्टिले हेर्दा पनि यो उनले के फाईदा लिन गरेको होला भन्ने जिज्ञासा रहन्छ । यसर्थ राष्ट्रको ऐतिहासिक स्मारकको संरक्षणमा लागेर अजेय सुमार्गी संसारकै लागी उदाहरणीय व्यक्तित्व हुन पुगेका छन ।
अजेयराज सुमार्गीले यति ठूलो साहसिक काम गरे पनि यो बिषयले राजनीतिक तहमा आ ्झेल परिरहेको थियो । यद्यपी भारतको निहुखोजाईसंग जबाफी प्रयाश गरिरहेका वालेन साहको अभियानबाट अहिले विशाल नेपाल अभियान सबैको चासो र चाहनाको विषय बनेको छ । यस्तो चर्को रुपमा यो बिषयले नेपाली समाजमा ठाउँ लिईरहे पनि सरकार भने अहिलेसम्म मौन बसिरहेको छ । सरकार मात्र नभएर राष्ट्रवादी भनाउँदो एमाले र राप्रपा र रास्वपा लगायतका पार्टीहरु पनि कानमा तेल हालेर बसेका छन ।
जे होस सरकारको चासो नपरेको क्षेत्रलाई अजेय सुमार्गीले किन त्यत्रो अगाध श्रद्धाको बिषय बनाएका हुन भन्ने कुरा अहिले विचारणीय हुन सक्छ । यद्यपी अहिलेको विशाल नेपालको चर्चा चुलिएको अवस्थामा यो बिषयले सबै नेपालीलाई कोपरीरहेको छ । अहिले नेपालीहरु आन्दोलित नै छन र छौँ पनि । यसैले सबैको चासो ग्रेटर नेपालको निर्माण तर्फको आकांक्षामा चुलिएको बेला धेरै पहिले देखि नै यो स्मारकको संरक्षणको लागि स्थायी व्यवस्थापन गर्ने गरि कार्यक्रम संचालन गरेर अजेय सुमार्गीले प्रसंशनीय काम गरेका छन ।

अजेय सुमार्गीलाई प्रतिष्ठित व्यापारीको रुपमा चिन्ने गरिएपनि उनि व्यापारी मात्र होइनन भन्ने कुरा नालापानी किल्लाको संरक्षणमा उनले देखाएको उदारताबाटै स्पष्ट भैसकेको छ ।
वास्तवमा नालापानी हाम्रा विर योद्धाले संरक्षण गर्दाको क्रममा सम्मानित किल्ला हो । अरिंगाल जस्तै बनेर घेर्न आईपुगेका अंग्रेजहरुलाई अगुल्टोको झटारोले डढाएको इतिहास हो नालापानीको । थाहा दर्शन अध्ययन प्रतिष्ठानको आयोजनामा भारतको देहरादुन पुगेको राजनीतिज्ञ, व्यवसायी तथा पत्रकारहरुको टोलीले ८ माघ २०७३ साल शनिवार प्रसिद्ध नालापानी क्षेत्रको भ्रमणको साथै त्यहा एक विशेष कार्यक्रम समेतको आयोजना गरेको थियो ।
नालापानीको भ्रमणमा गएका १० सदस्यीय भ्रमण दलको नेतृत्व प्रतिष्ठानका अध्यक्ष अजेयराज सुमार्गीले गरेका थिए भने यो भ्रमण दलमा नेपालका लागि भारतका राजदूत दीपकुमार उपाध्याय, भारतीय जनता पार्टीका नेता विजय जोली समेत सहभागी थिए । ऐतिहासिक तथ्य अनुसार तत्कालिन युद्ध कमाण्डर वीर बलभद्र कुँवरको कमाण्डमा भएको युद्धमा त्यो किल्लाको लागि खटिएका टोलीले वीरताप्रदर्शन गरेका थिए । यसरी ऐतिहासिक रुपमा स्थापित यो किल्लामा पुगेको टोलीले खलंगा विकास समितिका पदाधिकारी र त्यहाका बुद्धिजीविहरुसंग अन्तरकृया गरेको थियो । यसक्रममा यो विकास समितिका पदाधिकारीले बजेटको अभावमा भनेजस्तो काम गर्न नसकेको कुरा बतायका थिए । उनिहरुले यस ऐतिहासिक क्षेत्रको संरक्षण गर्न खर्चको व्यवस्था भएमा नेपाली विरताको इतिहासको खोजीमा अनुसन्धानात्मक रुपमा सकृय हुन सकिने थियो भन्ने कुराको जानकारी गरायका थिए ।
नालापानीको ऐतिहासिकता
वीर बलभद्र संग युद्ध गर्न लर्ड हेस्टिङले १ नोभेम्बर संन् १८१४ मा लडाईको घोषणा गरेको थियो । यद्यपी जिलेस्पीका धेरै जसो सेना नेपाल भित्र २२ अक्टुवरमै प्रवेश गरि नियम उल्लंङ्घन गरेका थिए । अंग्रेजको निमित्त यस्तो जवर्जस्ती सामान्य भैसकेको थियो । जिलेस्पीको सेनाले केरी घाँटी कब्जा गरि देहरादून तिर बढेको थियो । अंग्रेजहरुको यो रबैया देखेर अमर सिंह थापाले नालापानी स्थित कलंगामा रहेको दुर्गको रक्षा गरि अग्रेजहरुलाई परास्त गर्ने जिम्मा कप्तान वीर बलभद्रलाई दिएका थिए । यो किल्ला देहरादून देखि करिब पाँच माईलटाढा रहेको छ । उनले जिम्मेवारी पाएपछि यो किल्लालाई व्यवस्थित गरेका थिए ।
यसरी बनेको किल्लामा वीर बलभद्र सिपाही महिला र केटा केटी सहित ६०० को संख्याको कमाण्ड गरिरहेका थिए । यतिकैमा जिलेस्पीले खटाएको एउटा सानो सेनाको टुकडी कर्णेल माँवीको नेतृत्वमा वीर बलभद्रको दुर्ग तर्फ देखा परेको थियो । जिलेस्पी भने नहान क्षेत्र तर्फ लाग्ने तयारीमा थिए । तर दुस्मनको शक्ति सबल देखिए पछि ३० अक्टुवरमा आफ्नो मातहतको सेना लिएर जिलेस्पी पनि नालापानी दुर्ग तिर लागे । यसै युद्धमा जिलेस्पी मारिए पछि अंग्रेजी सेनाको कमाण्डर जनरल माटिण्डेलको हातमा हातमा युद्धको जिम्मेवारी आयो ।
उनले फौजको एकभाग देहरादुनमै छाडेर १६ दिसेम्बर १८१४ मा कोलापारी नहानको तल्लो भागमा उनि देखापरे । त्यसै बखत नहान क्षेत्रको रक्षाको लागि अमरसिंह थापाका छोरा कर्नल रणजोर सिंह थापालाई जिम्मा दिइएको थियो । यसरी किल्ला समालिरहेका रणजोरको कमाण्डमा २३०० सिपाही थिए । यद्यपी शत्रुको फौजले नहानको संपर्क अन्य अड्डासंग हुनबाट कटौती गरेपछि रणजोर सिंहले अमरसिंहको आज्ञा अनुसार जैथकको किल्लामा शरण लिनु परेको थियो । यसरी २४ डिसेम्बरमा मेजर लडलोले नहान कब्जा गरेको थियो । त्यसपछि मर्टिण्डेलको फौज जैथक तिर बढेको थियो । जतिसुकै प्रयाश गरेपनि अग्रेजहरुले जैथकमा पराजय भोग्नु परेको थियो । यसै पीडाको कारण मार्टिण्डेलले लामो समयसम्म युद्धमा भाग लिने आँट गरेनन ।
अंग्रेजहरु जति सुकै हतियार र युद्ध तयारीमा सुसज्जित भएपनि नेपालीहरुको वीरताको अगाडी उनिहरुलाई आगोमा घिउथपेजस्तो मात्र भैरहेको थियो । यसै अनुरुप सं. १८१४ मा भएको नालापानी युद्धमा नेपालले डटेर अंग्रेजसंग सामना गरेको थियो । देहरादूनको झण्डै पाँच माईलको दुरीमा रहेको वीर बलभद्र कुँवरको नालापानी किल्ला खलंङ्गा सबैभन्दा उच्च भागमा थियो । यसै किल्लालाई मजबूत बनाई आफ्ना सिपाही, ग्रामीण महिला तथा केटाकेटी सहित करिव ६०० को संख्यामा रहेका सहयोगी योद्धाका साथ सुसज्जित अत्याधुनिक हतियार सहित ठूलो सख्यामा आएका अंग्रेज फौजसग वीर बलभद्रका योद्धाहरु लडिरहेका थिए । नेपालीहरुसंग हतियारमा केही तोप, भरुवा बन्दूक, ढुङ्गा,झटारो, खुकुरी, धनुष वाण, भाला थिए । यस्तो अवस्थामा समेत हतियारले सुसज्जित अंग्रेजहरुसंगको युद्धमा ब्रिटिस सेना प्रमुख जनरल जिलेस्पी मारिनुले अंग्रेजहरुमा कोलाहल मच्चिएको थियो । यसरी अंग्रेजहरुले पहिलो र दोश्रो प्रयाशमा समेत यो किल्लामा विफलता बेहोर्नु मात्र नभएर आफ्ना कमाण्डर समेत गुमाउनु परेको पीडाको छटपटीले गर्दा षढयन्त्रपूर्ण खेलहरु खेल्न शुरु गरिसकेका थिए ।
अंग्रेजहरुले रणनीतिक विकल्पको रुपमा अमानवीय षढयन्त्र गर्न थाले । फलस्वरुप उनिहरुले खलंङ्गा किल्लामा जाने पानीको मुहानै बन्द गरिदिए । यसरी खानेपानी समेत नपाएर प्याक प्याक अवस्थामा परेका महिला केटाकेटी लगायत सिपाहीहरुलाई ठूलै समस्या आईलागेको थियो । यस्तो जटिल अवस्थामा पनि शत्रुको अन्धाधुन्द गोलाबारीले हताहत भैरहेका सिपाहीहरुको वेहाल र वाँचेका जतिको संक्षण गर्न ३० नोभेम्बर १८१४ मा बलभद्रले किल्ला छाड्नु परेको थियो । यसरी किल्ला छोडेर जाँदा उनिसंग ७० जना सहयोगीमात्र साथमा थिए ।
गोर्खालीहंरुले किल्ला छाडेको अबस्थामा अंग्रेजहरु उक्त किल्लामा पसि नेपालीहरुको वीरताको प्रसंशा गरेका थिए । यस्तो जटिल अवस्थामा समेत मातृभूमिको रक्षाको लागि बहादुरी साथ लड्ने बहादुरीको प्रशंसा गर्दै अंग्रेजहरुले त्यहा युद्धस्मारक स्थापना गरेका हुन । यसरी बनाईएको स्मारकमा लेखिएको शिला लेखमा हाम्रा वीर शत्रु बलभद्र र वीर गोर्खालीहरुको प्रशंशा सहित वहाहरुको स्मृतिमा संमानोपहार लेखिएको छ । यो कुरालाई आज नेपालीहंरुले गर्वकासाथ लिने गरेको पाईन्छ । किनभने युद्धमा लडिरहेको शत्रुपक्षको प्रशंसामा शिला लेख सहितको स्मारक उपहार दिएको यो संसारकै पहिलो र नौलो घटना हो यो नेपालको गर्विलो इतिहास पनि हो ।
कार्यक्रममा त्यस क्षेत्रमा बसोवास गर्ने नेपाली धेरै सर्बसाधारणको सहभागिता थियो । उक्त कार्यक्रममा नेपालबाट गएका थाहा प्रष्ठिानका अध्यक्ष अजेय सुमार्गी लगायत भारतीय जनता पार्टीका नेता विजय जोलीले समेत सारगर्भित मन्तव्य दिएका थिए ।

यो स्मारक हालको देहरादूनको सहस्त्रधार रोडमा रहेको छ । यसलाई भारतीय पुरातत्व विभागले संरक्षण गरेको पाईएको छ । यसको साथै स्थानीय खलंगा विकास समितिको अगूवाईमा नालापानी किल्ला नजिकै एक स्मारक पनि बनाईएको छ । यसरी स्थापित ऐतिहासिक स्मृति स्थलमा नेपालका बरिष्ठ व्यापारी,उद्योगपति तथा समाज सेवी श्री अजेय राज सुमार्गीको उपस्थिती मात्र होइन आफै अध्यक्ष रहेके थाहा दर्शन अध्ययन प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गर्नुले पनि नेपालीहरुको लागि यो विशेष महत्वको घटना बनेको छ । यतिमात्र नभएर नेपालीको यो गौरवपूर्ण ऐतिहासिक स्मारकको कार्यक्रममा भारतीय जनतापार्टीका प्रभावशाली नेता विजय जोलीको उपस्थितिले सो स्मारकको महत्वलाई नेपालीहरुको निमित्त सकारात्मक उर्जा बनेको छ । स्मारकको अवलोकनको क्रममा १० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रतिष्ठानका अध्यक्ष अजेय सुमार्गीले कार्यक्रमको नेतृत्व गरिरहेका थिए । किल्लाको अवलोकन पछिको कार्यक्रममा विशेष रुपमा भारतीय जनता पार्टीका नेता विजय जोली, भारतका लागि नेपालका राजदूत दिपकुमार उपाध्याय, नेकपा माओवादी केन्द्रका नेता लिामणी पोखरेल सहित स्थानीय स्मारक समितिका पदाधिकारी तथा बुद्धिजिवि समेतको उपस्थिति थियो ।
नालापानी किल्ला परिसरमा भएको कार्यक्रममा थाहा दर्शन अध्ययन प्रतिष्ठानका अध्यक्ष अजेयराज सुमार्गीले वीर बलभद्र कुँबरको वीरताको कदर स्वरुप वहा हाम्रा संम्मानित विभूती हुनुहुन्छ भन्दै वहामा संम्मान अर्पण गरेका थिए । वीर बलभद्रले नेतृत्व गरेको सेनाले यो किल्लामा देखाएको बहादुरी शत्रुपक्षलाई समेत प्रभावित पार्ने गरि संसारभरका सेनाका लागि अनुकरणी रहेको छ भन्दै अजेयराज सुमार्गीले सबैलाई भावुक बनाएका थिए ।
कुनै पनि सेनाले शत्रु पक्षको प्रशंशा गरेको इतिहास संसारमै नभएको कुरा स्मरण गराउँदै नालापानीको यो वीरताको कथा नेपालीले मात्र होइन सारा संसारले जान्नुपर्ने गहकिलो बिषय भएको कुरा संझाएका थिए । अहिले यो कार्यले भारत बासी नेपाली र नेपाली सबैलाई एक सूत्रमा ल्याउन सेतुको काम गरेको कुरा उनले बताई रहँदा सबै प्रफुल्लित देखिन्थे । अहिले नेपालका र भारतका नेपाली भाषी बिचको एकता जरुरी भएको र सधै हामी बिच सहकार्य हुनुपर्ने आवश्यकता समेत सुमार्गीले औँल्याएका थिए । नेपाल र भारत पक्षबाट समेत राज्यस्तरमा सहकार्य गरि यस्ता ऐतिहासिक स्थलको संरक्षणक गर्न समेत उनले आग्रह गरेका थिए ।
यसरी संचालित कार्यक्रममा भाजपाका नेता विजय जोलीले नालापानीको संरक्षणमा सक्दो सहयोग गर्ने वचन दिएका थिए । उनले यस्ता ऐतिहासिक धरोहरले सधै समाजलाई यथार्थ धरातलमा उभ्याई रहेको हुन्छ भन्दै नालापानीको संसारमा विशेष महत्व रहेको छ भन्ने कुरा बताएका थिए ।

कार्यक्रममा भारतका लगि नेपालका राजदूत दीप कुमार उपाध्यायले यस्ता स्मारकको संरक्षणको लागि राज्यस्तरकै कार्यक्रम बनाउन पहल गर्ने बताए । यदि राज्य स्तरबाटै कार्यक्रम संचालनमा ल्याउन सके यस्ता क्षेत्रमा योगदान दिने विरहरुको सधै संम्मान हुने विचार उनले व्यक्त गरेका थिए । उक्त कार्यक्रममा सांसद कर्णवहादुर थापा, वीरवहादुर बलायरले समेत नेपालीहरुले देखाएको वीरता सधै प्रशंसित भएको कुरा बताएका थिए ।
कर्यक्रम संचालन प्रकृया र जनताको आकर्षणको अवस्था देखेर उत्साहित हुँदै माओवादी केन्द्रका नेता लिलामणी पोखरेलले भारतीय जनतापार्टीका नेता विजय जोलीलाई ठट्यौली भाषामा अहिले आफ्नो घर आएको अनुभव भएको बताएका थिए । उनले भने अहिले हामी पाहुना जस्तो भएपनि नालापानीमा विजय जोली हाम्रो पाहुना भएको हो भन्दै यो हामी नेपालीहरुको आफ्नै घर भएको कुरा स्पष्ट पारेका थिए ।

यसैगरी खलंगा विकास समितिका अध्यक्ष रामसिंह थापाले नालापानीको सन्दर्भमा नेपालीले चासो देखाएकोले आफू लगायत देहरादुन नालापानी क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपालीको साथै यस क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण जनता उत्साहित भएको बताएका थिए ।

यसरी स्थापित ऐतिहासिक धरोहरको संरक्षणमा थाहा प्रतिष्ठानले यो विश्वकै प्रतिष्ठापूर्ण वीरताको प्रतिक बनेको र सबै नेपाली मात्र नभएर सम्पूर्ण जनताको हृदयमा संमानित रुपमा रहेको कुरा हृदयस्पर्सी भनाईकासाथ यो ऐतिहासिक किल्लामा निर्मित स्मारकको संरक्षण र विकासको लागि हर तरहको सहयोग गर्न तत्पर रहेको कुरा व्यक्त गरेका थिए । यसरी राष्ट्रको गरिमा उच्च राख्न योगदान गरिरहेका अजेय राज सुमार्गीले रु.१० लाख भारतीय रुपया उक्त स्मारक संरक्षणको लागि सहयोग प्रदान गरेका थिए । यसरी दिईएको रकम खलंङ्गा विकास समितिको व्यवस्थापनमा रहने कुरा समेत स्पष्ट पारिएको थियो ।

यसैगरी थाहा प्रतिष्ठानले खलंगामा त्यस पछिका बर्षहरुमा आयोजना गरिने खलंगा म्याराथुन संचालनमा समेत आवश्यक सामग्री सहितको सहयोग उपलब्ध गराईरहेको छ ।
अजेय सुमार्गीको अन्य योगदान
यतिमात्र नभएर विभिन्न तीर्थस्थलको संरक्षण गर्ने क्रममा मुक्तिनाथमा पुजाआजा र यात्रुहरुको सविधाजनक खानपान र बसोबासको व्यवस्था अजेय सुमागीले गरेका छन । त्यस्तै काठमाण्डौ उपत्यकामा रहेको तेलकोट क्षेत्रको, साँखुनजिक पञ्चमहालक्ष्मीको आकर्षक मन्दिर बनाएर वटुुकहरुलाई वेद र कर्मकाण्डको अध्ययन गराउनुका साथै पूजाआजाको व्यवस्था मिालाउन गुरु कमलनयनाचार्यको संरक्षणमा रहने गरि सो क्षेत्रको विकास गरेका छन । यसरी यो क्षेत्र एक आकर्षक पर्यटकीय क्षेत्र बनेको छ । यसरी विशेष गरि धार्मिक पर्यटकीय क्षेत्रको निर्माण गरेर देशको पर्यटन उद्योगलाई अजेय सुमार्गीले राष्ट्रको आर्थिक विकासमा दर्विलो टेवा दिएको मान्न सकिन्छ ।
यतिमात्र नभएर नवलपरासीको गजेन्द्रमोक्ष धामको संरक्षण एवं विकास गर्नुका साथै देशका विभिन्न भागमा रहेका प्रसिद्ध तीर्थस्थलको संरक्षण गरेर उनले ठूलो योगदान गरेका छन । यसरी राष्ट्रको उत्थानमा ठूलो योगदान गर्ने अजेय सुमार्गीलाई संम्मान गर्नुको सट्टा उल्टो आरोप प्रत्यारोपबाट निरुत्साहित गर्ने विडम्बना हामो समाजको रोग नै बनेको छ ।
अजेय सुमार्गीलाई संझनै पर्ने र राष्ट्रले संम्मान गर्नै पर्ने बिषय भनेको देशलाई परेको आपत्तिजनक दैवि विपत्तीको अवस्थामा जनताको उद्दार गरिएको कुरा उल्लेख्य छ । सुमार्गीले २०५२ साल बैशाख १२ गतेको भूकम्पको विनास पछि धेरै संबेदनशील भएर उद्दारमा लागेको कुरा पनि अविस्मरणीय र उल्लेख गर्न लायक छ । म स्वयं मेरो आफ्नो जिल्ला रामेछापमा समेत ठूलो विनास भएको अवस्थामा जिल्लाको समाजसेवी नेता आङ्छिरिङ् लामालाई अनुरोध गर्दै केही राहतको सामग्री जुटाउने क्रममा व्यस्त थिए । त्यसै अबस्थामा सुमार्गीेले मलाई फोन गरेर आउनुस छलफल गरौँ । हामी बाचेका छौँ यो हाम्रो फोसा जिन्दगि हो । यसैले केही कार्यक्रम बनाएर उद्दारमा लागौँ भने पछि म तुरुन्त आँए । व्यापक छलफल पछि हामी राहत सामग्री सहित १८ जिल्लाकै गाउँ गाउँमा पुग्ने कार्यक्रम सहित उद्दार कार्य शुरु गरेका थियौँ । केही जिल्लाका गाउँहरुमा म पनि पुगे । मेरै गाउँमा पनि दुईट्रक उद्दार सामग्री सहित हेलिकप्टरबाट सुमागी दम्पति पुगेको संझना भैरहेको छ । त्यहा पुगेर केही पीडितलाई आफैले राहत बाडेर सामूदायिक भवनको शिलान्यास पछि सुमार्गी काठमाण्डौ फर्केका थिए । यस विपत्ति जनक अबस्थामा उनले उद्दार कार्यालय नै खोलेर झण्डै २ दुई अरब भन्दा बढीको राहत सामग्री बाँडेको अनुमान मैले गरेको छु । यसको साथै भूकम्प गएको १२ औँ दिन अथवा बैशाख २३ गते भूकम्पबाट जीवन गुमाएकाहरुको स्मृतिमा अल इन वनमा विभिन्न कुटनीतिक नियोगको साथै विशिष्ठ महानुभावको उपस्थितीमा मृतकको आत्माको चिर शान्तिको कामना गर्दै लाख वत्ति वालिएको थियो ।
यसै गरि सं. २०१९ डिसेम्बर देखि फैलिएको कोरोना भाईरसले संसारलाई तहल्का मच्चाएको अवस्थामा पनि सुमार्गीले काठमाण्डौमा मजदूर गरि खाने अथवा घरबाट सहयोग लिन नसक्ने अवस्थाका विद्यार्थीलाई समेत सहयोग पुगोस भनेर उनको मीनभवनमा रहेको अल इन वन मार्टमा झण्डै दाल चामल तेल लगायतको सामग्री सहित २०० टन भन्दा बढी खाद्य सामग्री वितरण गरे । यसबाट साच्चै दुःख पाएका दैनिक ज्यालादारी गरेर खानेहरुलाई ठूलो राहत पुगेको थियो ।
यसरी जनताप्रति समर्पित अजेय सुमार्गीलाई मैले भने यत्रो खर्च गरेर के पाईयो त ख्वै भन्दा उनले भने हामी जेजति आर्जनगर्छौ केही भाग दुःखमा परेका जनता अप्ठ्यारो परेको बेला दिनु पर्छ । देशलाई अप्ठ्यारो परेको वेला हामीले सहयोग गर्नु पर्छ । कसैले मूल्यांकण गर्छ भनेर पर्खने होईन भने पछि म पनि छक्क पर्न पुगेको थिएँ । यसरी देश र जनताको सेवामा समर्पित भएको व्यापारी मैले देखेको अजेय सुमार्गी मात्रै हो । उनैलाई तस्करहरुले कैले सरकारी जग्गा मिच्यो खायो सुकुम्बासी बनेर सरकारी जग्गा हडप्यो भनेका छन । कतिले कुनै राजनीतिक शक्तिको रकम चलायो भनेका छन । सरकारमा बस्नेल पनि उनको हेलो नेपाल कम्पनि खारेज गरिदिएको समाचार सुनिन्छ ।
यिनैले विदेशबाट ल्याएको रकम रोकिदिने जस्ता कार्यबाट दुःख दिने क्रममा कान्तिपुर लेख्छ अव सुमार्गीलाई कारवाही हुन्छ । यसको कारण पनि कैलाश शिरोहियाले बेचेको जमिन बर्षौँ पहिले जतिमा बेचेको थियो त्यतिमै फिर्ता गरिदेउ भनेर उनलाई अपहरण शैलीको व्यवहार गरेको कुरा पनि पढ्न पाईयो । के एउटा व्यापारी आफूले कमाएको सम्पत्तिबाट पशुपतिमा समेत दशौँ करोड खर्चगरेरल स्मृतिभवन बनाउदै विकास कोसलाई हस्तान्तरण गरेको छ । अरबौँ खर्चगरेर देशको सेवा गरेको छ । अहिलेको ग्रेटर नेपालको सिमा सम्मपुगे र आफनो खर्चले वीर बलभद्रको स्मारक संरक्षण गरेको छ । यस्तो व्यक्तित्वलाई संम्मान गरेर केही त सिक्न सकिन्छ नी ? ख्वै त्यो सोच ?
यतिमात्र होईन पशुपतिमा दुःख पाएर भौँतारिई रहेका वालवालिकाको संरक्षणमा उनले वालसारथी नामक संस्था खोलेर सयौँ वालवालिकाको भरण पोषण र शिक्षा दिने व्यवस्था गरेका छन । उनिहरुको आवास र शिक्षाको लागि दशौँ करोडको भवन बनाएरका छन । त्यस्तै त्यसै क्षेत्रमा बृद्धाश्रम बनाउने समेत उनको कार्यक्रmम रहेको छ । यसरी देश र जनता प्रतिसमर्पित सुमार्गीलाई सरकारले संम्मान जनक व्यवहार गर्नु पर्छकी पर्दैन भन्ने प्रश्न सरकारलाई सोध्न मन लाग्छ । यतिमात्र नभएर अजेय राज सुमार्गीले आफ्नो अल इन वन मा थाहा दर्शनका प्रवर्तक रुपचन्द्र विष्टको संझनामा थाहा पुस्तकालय तथा अन्तर्राष्ट्रिय अनुसन्धान प्रवर्धन केन्द्र खोलेर सर्ब साधारणलाई अध्ययन अध्यापनको मौका दिएका छन । यसको साथै हेटौँडामा कलेज तथा विद्यालय खोलेर सर्बसाधारणको शैक्षिक विकासमा सहयोग गरिरहेका छन । यसरी उनले संखुवा सभामा कृषि व्यवासायीलाई सहयोग गर्नुका साथै विभिन्न उद्योग व्यवसाय संचालन गरेर युवा रोजगारको मौका समेत दिएर देशको आर्थिक विकासमा अजेय सुमार्र्गीको अतुलनीय योगदान रहेको छ ।
यसरी कृयाशील रहने उदारमना राष्ट्रको हितको लागि मरिमेट्ने उद्योग पतिलाई देशको औद्योगिकरणको जिम्मेवार बनाउने र युवा रोजगारीको अवसर प्रदान गर्ने वातावारण सहित प्रोत्सासहि तगर्ने हो भने यो देशमा चाडै आर्थिक रुपान्तरण हुन्छ । यस्ताा उद्यमीलाई दुःख नदिएर यिनीहरुले उद्योग संचालन गर्ने पूर्वाधार सरकारको तर्फबाट नै निर्माण गर्ने र त्यस्ता उद्यमीलाई विशेष प्रोत्साहन गरेमा देश निर्माण गर्न गारो कुरा हुँदैन । यस तर्फ सरकारको ध्यान जाओस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु