तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आम्मा कसम याँ दुख्छ’ को दोस्रो सिजन शनिबारबाट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण १९ गते, शुक्रबार ६:५९

काठमाडौँ । नेपालको पहिलो कमेडी रोस्ट शो ‘आम्मा कसम याँ दुख्छ’ को दोस्रो सिजन यहि आउँदो शनिबार (साउन २०) बाट प्रसारण हुने भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै शोको पहिलो भागको प्रोमो सार्वजनिक गरियो । दोस्रो सिजनको पहिलो भागमा राजनितिज्ञ केशव स्थापित रहेका छन् ।

यो शो प्रत्येक शनिबार राती ८ः४५बजे नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी) र ओएसआर रियालिटी युट्युव च्यानलबाट प्रसारण हुने जानकारी गराइयो । पहिलो सिजनको तुलनामा अझै राम्रो र केहि परिमार्जन गरिएको आयोजक टिमले जनाएको छ । शोकी निर्देशक श्रृद्धा प्रसाईका अनुसार शोबाट दर्शकले यसपटक अझ बढी मनोरन्जन लिन सक्नेछन् । उनी भन्छिन्, ‘हामीले यसपटक पहिलो सिजनको तुलनामा दोस्रो सिजनमा मिहिनत पनि बढी गरिरहेका छौं । साथै परिवर्तनको कुरा गर्दा कमेडियन प्रनेश गौतम भित्रिएका छन् ।’

शोका होस्ट बिक्की अग्रवालले यसपटक शोमा आउने गेष्ट अझ बिशेष भएको जानकारी गराए । उनले अहिलेसम्म पाँच वटा भागको छायांकन भइसकेको र आगामी छायांकनका लागी पनि बिभिन्न कलाकारदेखी राजनितिज्ञसँग कुरा भइरहेको जानकारी गराए । बढी ब्यंग्य हुने भएकाले गेष्ट आउन गाह्रो मान्छन् रे नि भन्ने सन्चारकर्मिहरुको प्रश्नमा बिक्की भन्छन्, ‘पहिलो सिजनमा केहि समय त्यस्तो भएको हो तर अहिलेको सिजनमा त्यो छैन । किनकी हामीले अहिलेको सिजनमा गेष्टलाई पहिलेनै यत्तिको ब्यंग्य गर्दैछौं अथवा कार्यक्रम छायांकन भइसकेपछि पनि उहाहरुले कुनै दृश्य नराख्नु भन्नुभयो भने सम्पादन गरिदिने गरेका छौं ।’

शोको गेष्ट म्यानेजमेन्टको काम गोपिकृष्ण चापागाईँले गरेका छन् । चापागाईँका अनुसार पहिलो सिजन भन्दा दोस्रो सिजनमा गेष्ट ल्याउनका लागी धेरै सहज भएको छ । ‘पहिलो सिजनमा कस्तो हो भन्ने धेरैलाई थियो । पहिलो सिजनको पनि अन्तिम अन्तिममा धेरै गाह्रो थिएन । एकपटक बुझाएपनि गेष्ट आउन खोज्नुहुन्छ । किनकी हाम्रो शोको फम्र्याट नबुझेर मात्रै सुरुमा केहि समय गाह्रो भएको हुन सक्छ ।’ चापागाईँले भने । ‘अहिलेको सिजनमा आउनुभएका गेष्ट निकै खुसी हुनुहुन्छ र छायांकन गर्न बाँकी भागका लागी पनि केहि कलाकार तथा राजनितिज्ञसँग कुरा भइसकेको छ ।’

एन क्यासको प्रस्तुती रहेको आम्मा कसम याँ दुख्छको पहिलो भागको प्रोमोमा केशव स्थापित खुलेरै शोमा गएको देखिन्छ । प्रोमो सार्वजनिक कार्यक्रममा एनएन टेलिभिजनका कार्यकारी निर्देशक श्याम धिताल, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, अग्रज चलचित्र पत्रकार डब्बु क्षेत्री, कि एडभर्टाइमेन्टका प्रमुख रबिन्द्र कुमार रिजाल, कमेडी च्याम्पियन सिजन २ का बिजेता भरतमणी पौडेल, कमेडी च्याम्पियनका निर्देशक बिशाल भण्डारी लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

यस शोमा बिक्की अग्रवाल होस्टको रुपमा छन् भने बिना त्रिपाठी डिजे मायाको भूमिकामा देखिनेछिन् । यस्तै दोस्रो सिजनका लाग्ी रिपोर्टर पिंकुको भूमिकामा प्रनेश चौतम भित्रिएका हुन् । शोको लेखनको काम शुशान्त बस्याल र बिकाश अर्याल रहेका छन् भने शोको स्टाइलिस सुदेशना महर्जन हुन् । शोको प्रोडक्सन म्यानेजरको काम तुसार लम्सालले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु