दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं विश्वविद्यालयको कम्प्युटेश्नल म्याथेम्याटिक्स एक समय सान्दर्भिक कोर्ष

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २० गते, शनिबार १३:३४

काठमाडौ – काठमाडौं विश्वविद्यालयले बिगत लामो समयदेखि बिभिन्न विधा र तहमा विद्यार्थीको रुचि तथा बजारको आवश्यकता अनुसार समय अनुकुल परिमार्जन सहितको विषयहरु अध्ययन तथा अध्यापन गर्दै आइरहेको छ ।यसै परिप्रेक्षमा सुचना प्रबिधिको युग सुहाउँदो विषय हो काठमाडौं विश्वविद्यालय धुलिखेलले सुरु गरेको कम्प्युटेश्नल म्याथेम्याटिक्स (COMPUTATIONAL MATHEMATICS) । एकातिर विश्वब्यापी रुपमा गणित प्रतिको आकर्षण घट्दै गइरहेको छ भने अर्कोतिर नेपाल तथा विश्व बजारमा सुचना प्रबिधिको ज्ञान सहितको गणितको दक्ष जनशक्तिको माग उच्च छ । यी दुबै कुराहरुलाई मध्य नजर गर्दै नेपालमा चलिरहेको पुरानै बिधिभन्दा भिन्नरुपमा काठमाडौं विश्वविद्यालयले कम्प्युटेश्नल म्याथेम्याटिक्स कार्यक्रम मार्फत गणित अध्ययन – अध्यापनलाई पुन: परिभाषित गर्ने प्रयास गरेको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ साइन्स अन्तर्गत गणित विभागले सञ्चालन गरेको यस कार्यक्रमले गणितको गहन अध्ययन मात्र नभई अहिलेको बजारको आवश्यकता परिपुर्ति गर्ने सुचना प्रबिधिसहितको गणित अध्ययनको प्राथमिकतालाई जोड दिएको छ । हालसम्म दुई ब्याच मात्र दिक्षित भएपनि कम्प्युटेश्नल म्याथेम्याटिक्समा सिकेको ज्ञानको इन्डस्ट्रीयल सेक्टरमा हरपल प्रयोग भैरहेको देख्दा अध्यापनमा थप उर्जा मिलेको विभागीय प्रमुख प्रोफेसर डा. रबिन्द्र कायस्थ बताउनुहुन्छ ।

के छ आकर्षण यस कोर्षमा ?

विद्यार्थीहरुले चार बर्ष को दौरान कक्षा कोठामा मात्र नभई व्यक्तिगत तथा सामुहिक परियोजनाहरुमा स्वतन्त्र रुपमा काम गर्ने अवसर प्राप्त गर्दछन् । कम्प्युटेश्नल म्याथेम्याटिक्सका विद्यार्थीहरुले सुचना प्रबिधिको व्यबहारिक समस्याहरुलाई गणितको प्रयोग द्वारा सहज र तार्किक रुपमा समाधान गर्न सक्दछन् । यहाँबाट दिक्षित विद्यार्थीहरुको लागि सम्भावनाका दायराहरु असिमित छन् । उदाहारणको रुपमा सुचना-प्रबिधिको क्षेत्र, इन्डस्ट्रियल म्याथेम्याटिक्स, शैक्षिक संस्थाहरू, अनुसन्धान केन्द्रहरू,आर्थिक क्षेत्रहरू, गणित र आईटी क्षेत्रमा उच्च अध्ययन, तथ्याङ्क विश्लेषणको क्षेत्र आदि इत्यादिलाई लिन सकिन्छ ।

कम्प्युटेश्नल म्याथेम्याटिक्स कसका लागि ?

यो गणित र सुचना प्रबिधिको मिश्रित कोर्ष हो । गणित अध्ययन – अध्यापनमा रुचि राख्नेहरु, सुचना-प्रबिधिमा आफ्नो भविष्य देख्नेहरु,आर्टिफिसियल इन्टेलिजेन्सको अध्ययनमा तर्कपूर्ण उच्च आधार खोज्नेहरु लगायत अन्य ढोकाहरु खुल्ला राख्न चाहनेहरुका लागि यो कोर्ष अत्यन्त उपयोगी छ ।
कसले पढ्न पाउँछन् त ?
विज्ञान संकायमा प्लसटु वा सो सरह उतिर्ण गरेका विद्यार्थीले यो विषय अध्ययन गर्न पाउँदछन् । विद्यार्थीले कम्तिमा २ जिपिए प्राप्त गरेको हुनुपर्दछ । विस्तृत जानकारीका लागि कृपया निम्नलिखित लिङ्कमा जानुहोस्:
https://math.ku.edu.np/

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु