दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दुई दिने ‘डोपिङ कन्ट्रोल अफिसर्स’ (डीसीओ) को प्रशिक्षक प्रशिक्षण शुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २० गते, शनिबार १७:३७

नेपाल ओलम्पिक कमिटीको आयोजना तथा कोरिययन एन्टी डोपिङ एजेन्सीको संयोजकत्वमा शनिवारदेखि दुई दिने ‘डोपिङ कन्ट्रोल अफिसर्स’ (डीसीओ) को प्रशिक्षक प्रशिक्षण शुरु भएको छ ।
प्रशिक्षण कमिटीको मुख्यालय सातदोबाटोमा सञ्चालन झएको हो । प्रशिक्षण कार्यक्रम (आज र भोलि गरी) दुई दिनसम्म सञ्चालन हुनेछ । यो कार्यत्रमपछि अब नेपालमै डीसीओको प्रशिक्षण दिन सकिने कमिटीको अध्यक्ष जीवनराम श्रेष्ठले बताउनु भयो । उहाँले डीसीओ प्रशिक्षक प्रशिक्षण कार्यक्रम नेपालमा पहिलो पटक भएको बताउनु भयो । कार्यक्रमका अवसरमा कमिटीका अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदमा एन्टी डोपिङ सम्बन्धी ज्ञानको महत्वमा जोड दिन आवश्यक रहेको बताउनु भयो । नयाँ खेलकुद ऐन अनुसार नेपालमा नेपाल एन्टि डोपिङ एजेन्सी गठन हुने क्रममा छ । नेपाल एन्टि डोपिङ एजेन्सी युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत स्वायत्त निकायको रुपमा गठन हुनेछ ।
उहाँले भन्नुभयो, ‘नेपाल ओलम्पिक कमिटीको मेडिकल कमिसनको इनिसिएशनमा कोरियन एन्टीटोपिङ एजेन्सीसँग समन्वय गरेर स्पोर्ट्समा कसरी प्रतिवन्धात्मक औषधिबाट फ्रि गर्ने, कसरी स्पोर्ट्सलाई क्लिन राख्ने ? भन्ने अभियानअन्तर्गत कोरियन एन्टीटोपिङ एजेन्सीको सपोर्टमा नेपालमा (टिसीओ) टोेपिङ कन्ट्रोल अफिसरको ट्रेनर्स ट्रेनिङको आयोजना गरेको हो । यहाँ सिमित मात्र अफिसर हुनुहुन्छ । मेडिकल डाक्टरहरु हुनुहुन्छ । अहिले पहिलो चरणमा उहाँहरुको सपोर्टमा हामीले लिमिट ट्रेनिङ दिइनेछ, पछि प्रदेशमा पनि दिइनेछ । यसबाट नेपालको खेलकुदलाई प्रतिवन्धात्मक औषधिबाट टाढा राख्ने र नेपालको विकासन गर्न भन्ने हिसावले हामीले यो कार्यक्रम अघि बढाउँदैछौँ ।’

प्रशिक्षक प्रशिक्षणका लागि काडाबाट तीन जना विशेषज्ञ आउनुभएको छ । प्रशिक्षकमा नाडाका सीओओ म्युङ सु–किम, किजो हान र मिनजोङ सो रहनुभएको छ । ६ जनाको सहभागिता रहेको कार्यक्रममा सहभागीहरुमा चिकित्साकर्मीहरू सरोजकृष्ण श्रेष्ठ नविसमानसिंह प्रधान, ज्ञानेन्द्रविक्रम शाह, सुसन वैद्य, असिम सुवेदी र पूजा भण्डारी हुनुहुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु