
काठमाडौं । नेपाल शिन क्योकुशिन कराँते संघको बिकास र बिस्तारका आयाम थपिने क्रममा तार्केश्वर नगरपालिकास्थित साङ्लाफाँटमा शाखा बिस्तार कार्यक्रम सम्पन्न भएको छ । शाखाका प्रमुख बिमल गिरिको संयोजकत्वमा सम्पन्न कार्यक्रममा एनआरएनका क्योकुशिन कराँते प्रमुख ज्ञानेन्द्र तिमिल्सिना प्रमुख अतिथी रहेका थिए भने युवा समाजसेवी तथा बौद्धिक व्यक्तित्व शिव प्रसाद जैसी लगायत खेलाडी, स्थानीयहरुको राम्रै उपस्थिति रहेको थियो ।
शाखाका प्रमुख गिरिले आफ्नो मन्तव्य राख्दै तार्केश्वर नगरपालिका भित्र रहेका खेलाडी तथा अन्य इच्छुक व्यक्तिहरुलाई सहभागी गराई दक्ष खेलाडी उत्पादन गर्न उक्त शाखाले भुमिका खेल्ने बताउनुभयो ।
साथै कार्यक्रमका प्रमुख अतिथीले खेलले व्यक्तिलाई तन्दुरुस्त बनाउने हुँदा सबैलाई कराँते खेलमा सरिक हुन अनुरोध गर्नुभयो ।
नेपाल शिन क्योकुशिन कराँते संघका महासचिव तथा नेपाल प्रमुखले शाख बिस्तार भएकोमा खुसियाली व्यक्त गर्दै शुभकामना प्रदान गर्नुभयो । कार्यक्रममा अन्य साँस्कृतिक प्रदर्शनी पनि रहेको थियो ।


