शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

आईसिसि सदस्य भिमसेन थापाद्वारा युरोप क्षेत्रको डिआरसीमा उम्मेदवारी घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २१ गते, आईतवार ०५:२०

पोर्चुगल- गैरआवासीय नेपाली संघ (एनआरएनए) का आइसिसि सदस्य भिमसेन थापाले एनआरएनएको आगामी अधिवेसनमा युरोप उप संयोजक(डिआरसी) मा उम्मेदवारी घोषणा गरेका छन ।
एनआरएनएमा संगठनात्मक परिवर्तन गर्न,युवाहरुलाई एनआरएनमा सहभागी गराउन, सँस्थामा ब्यापक परिवर्तन ल्याउन आफूले उम्मेदवारी दिएको थापाले बताए । एनआरएनएमा अबको आबस्यकता सबै अभियन्ताहरु एकै ठाउमा रहेर देश विकासको लागी आ आफ्नो ठाउबाट योगदान दिनु नै रहेको पोर्चुगल निबासि थापाले बताए । थापा पोर्चुगलका सफल ब्यावसायी पनि हुन । उनले हस्पिटालीटी क्षेत्र,कृर्षी क्षेत्र र कंट्रक्सन क्षेत्रमा युरोप र नेपालमा ठुलो लगानी गरेका छन । एनआरएन एनसिसि पोर्चुगलको कार्यसमिती सदस्य, उपाध्यक्ष हुंदै हाल थापा आइसिसि सदस्य भएर सामाजिक कार्यसँगै आफ्नो ब्यावसाय गरिरहेका छन । उनले सबै अभियन्तालाई मिलाएर एकीकृत एनआरएनए बनाई प्रवासमा रहेका नेपालीहरुको हक हितमा कार्य गर्न आफ्नो उम्मेदवारी दिएको बताए । थापाले आफू केही लिन नभई यस अभियानमा दिनको लागी आएकाले आफ्नो अभियानमा साथ दिन समस्त युरोपवासी नेपाली र एनआरएनए अभियन्ताहरुलाई साथ र समर्थनको लागी आग्रह गरेका छन । उनले आफू निर्वाचित भएमा सबै युरोपवासिको सल्लाह सुझाव लिएर अगाडी बढ्ने जनाउदै डिआरसी पदको लागि आफू उचित उम्मेदवार भएको बताए । उनले आफुलाई साथ दिन सबै युरोपवासी नेपाली र अभियन्तालाई आग्रह गर्दै आफूलाई काम गर्ने अवसर दिन आग्रह गरेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु