दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सांसदहरुलाईआफ्नो भुमिकामा वृद्धि गर्न प्रधानमन्त्री दाहालको निर्देशन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २२ गते, सोमबार १६:४०

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमलदाहाल प्रचण्डले संसदमा आफ्नो भुमिकालाई वृद्धि गर्न पार्टीका सांसदहरुलाई निर्देशनदिनुभएको छ ।

सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सांसदहरुलाईसंसदभित्र आ–आफ्नो भुमिकालाई वृद्धि गर्न निर्देशन दिनुभएको हो । उहाँले अवरुद्धसंसद खुलाउनका लागि प्रमुख प्रतिपक्षी दल लगायत विपक्षी दलहरुसँग छलफल गर्ने पनि बताउनुभएकोछ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराजपाण्डेले सांसदहरुलाई सुशासन, समृद्धि र सामाजिक न्याय सहितको रुपान्तरणका लागि संसदमामाओवादी केन्द्रको भुमिकालाई बढाउनुपर्ने प्रधानमन्त्री दाहालको निर्देशन रहेकोजानकारी गराउनुभयो । दाहालले सभामुखसँग दलको शिर्ष नेताहरुको बैठकपछिको विकसितघटनाक्रमहरुको बारेमा सांसदहरुलाई आवश्यक जानकारी गराइने पनि बताउनुभएको उहाँलेजानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘हाम्रो पार्टीको केन्द्रीय समिति बैठकलेलिएको निर्णयहरु व्यवहारमा कार्यान्वयन गर्नका लागि, सदन सुचारु गर्नका लागि, सत्ता पक्षकोमात्र होइन समग्र नेपाली जनताको भावनाहरुलाई पनि समेटेर, सुशासन, समृद्धि र सामाजिकन्यायसहितको रुपान्तरणका साथ अगाडी बढ्नका लागि हाम्रो संघीय संसदको भुमिकालाईअझ वृद्धि गर्नका लागि निर्देशित गर्नुभयो । त्यसका साथै समिति सभापतिहरु हामीले छिट्टैनिर्वाचन गर्नुपर्ने छ । त्यसका बारेमा पनि कुरा गर्नुपर्ने छ । संसद सञ्चालन गर्नका लागि,सभापति लगायतका अरु विषयका लागि प्रमुख प्रतिपक्षी दलका नेताहरु लगायत अन्य मुख्य मुख्यदलका नेताहरुसँग, सँगसँगै सत्तापक्षका अरु नेताहरुसँग पनि छलफल गरेर ठोस निचोडनिकालिन्छ । आज नै सभामुखले शिर्ष नेताहरुसँग छलफल बोलाउनु भएको छ । त्योछलफलपछि आवश्यक निर्देशनहरु जानकारी गराउनेछौँ भनेर उहाँले निर्देशित गराउनुभएको छ।’

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीय शिक्षा ऐन, संघीय निजामती कर्मचारी ऐन र प्रहरीसमायोजन ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा रहेको कुरा बताउनुभएको पाण्डेलेउल्लेख गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु