नेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणासङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग

अदालतको दक्षता र क्षमतालाई अभिवृद्धि गर्नु जरुरी छ: न्यायाधीश सिन्हा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २२ गते, सोमबार १६:४८

काठमाडौ ।सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले अदालतको दक्षता र क्षमतालाई अभिवृद्धि गर्नु जरुरी रहेको बताउनुभएको छ ।

सोमबार डा. रत्नबहादुर बागचन्दद्वारा लिखित ‘साइबर अपराधः अनुसन्धान, अभियोजन र न्याय निरुपण’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उहाँले अदालतको दक्षता र क्षमतालाई अभिवृद्धि गर्नुपर्ने बताउनुभएको हो । उहाँले ज्ञान र सिपलाई पनि अभिवृद्धि गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले ज्ञान र सिपमा प्रहरी र सरकारी वकिल भन्दापनि अदालत पछाडी रहेको बताउनुभयो । उहाँले दशौँ वर्षदेखि अदालतले कुल बजेटको एक प्रतिशत बजेट पनि नपाउने गरेको भन्दै यसले दक्षता र क्षमता अभिवृद्धि गर्न नसकिएको बताउनुभयो । दक्षता र क्षमताको बिकास गर्न र पूर्वाधार विकासका लागि बजेट माग गर्दा पनि पाउन नसकेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘हाम्रो विज्ञता, दक्षता, क्षमता, ज्ञान, सिपका कुराहरुलाई अभिवृद्धि गर्न अत्यन्त जरुरी छ । त्यसमा हामी अदालत बास्तवमा प्रहरी या अनुसन्धानकर्ता, सरकारी वकिल अभियोजनकर्ता भन्दा सायद मलाई लाग्छ अदालत केही पछाडी नै छ । हामीहरुको खर्चको हिसाब गर्नुहुन्छ भने ०.३४÷०.३५ प्रतिशत मात्रै हामीले बजेट पाइराखेका छौँ दशौँ वर्षदेखि । एक प्रतिशत त बजेट दिनुस् । कमसेकम हाम्रो दक्षता, क्षमता, बिकास गर्नका निमित्त, पूर्वाधार विकास गर्नका निमित्त केही पाउँ भनेर हामी मागिराखेका छौँ । देश, काल, परिस्थिति देखाइएको छ त्यसले गर्दा न्यून बजेटमा हामीले काम गर्नुपरिराखेको छ । तथापी जेजति हामीसँग उपलब्ध स्रोत र साधनहरु छन् त्यसमा अदालतपनि केही न केही अगाडी बढेकै छ ।’

न्यायाधीश सिन्हाले अदालतले न्यून बजेटमा उपलब्ध स्रोत र साधनमा काम गरिरहेको बताउनुभयो । उहाँले आपसी अन्तरक्रिया र छलफलहरुमार्फत् अदालतले पनि नयाँ–नयाँ ज्ञान र सिपहरु पाउने भन्दै सरोकारवालाहरुका बिचमा आपसी अन्तरक्रिया गरिरहनुपर्ने बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु