बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

मोरङकाे पथरीमा डेरी एसोसिएसनको ल्याब तालिम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २२ गते, सोमबार २०:२२

श्रावण २२ काठमाडौ । नेपाल डेरी एसोसिएसन र सहज परियोजनाको सहकार्यमा संचालित ५ दिने डेरी ल्याब्रोटरी टेक्निसियन तालिम कार्यक्रम पथरी शनिश्चरे, मोरङ्ग जिल्लामा सम्पन्न गरेको छ ।

कार्यक्रमको सभापतित्व कोशी प्रदेश नेपाल डेरी एसोसिएसनका अध्यक्ष गंगा बहादुर खड्काको अध्यक्षता एवं राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवज्यूको प्रमूख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, महासचिव हेमचन्द्र खनाल, सदस्य सुमन चिमरिया, अशेष कुमार बुढाथोकीको उपस्थिति रहेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट दिनेश सुवेदी, सहज परियोजनाका प्रविन श्रेष्ठ, मुख्य प्रशिक्षक सिवाराम सिंह, सहायक प्रशिक्षक नगिना गौतम सहितको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कोशी प्रदेशका उपाध्यक्ष गुरु प्रसाद दाहालले स्वागत मन्तव्य राख्नु भएको थियो भने केन्द्रिय महासचिव हेमचन्द्र खनालले कार्यक्रमको महत्व बताउँदै आफ्नो भनाई राख्नुभएको थियो । यस तालिम कार्यक्रमका मूख्य प्रशिक्षक सिवाराम सिंहले तालिमको महत्व बुझाउँदै सिकेको कुरा लागू गर्न सबैलाई अनुरोध गर्नु भयो । विशेष अतिथिको रुपमा रहनु भएका नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले तालिमका सहभागी सबैलाई तालिममा सहभागी सबैले सिकेको कुरा अनिवार्य कार्यान्वयन गर्न अनुरोध गर्दै नेपाल डेरी एसोसिएसनको बारेमा बताउनु भयो । कार्यक्रमका प्रमूख अतिथि राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवले यस्तो महत्वपूर्ण कार्यक्रम रहेको बताउनुभयो र यसले गुणस्तरमा सुधार आउने बताउनु भयो ।

यो कार्यक्रम कोशी प्रदेश अन्तरगत दमकमा साउन ६ देखि १० गतेसम्म १२ जना, फिक्कलमा साउन ११ देखि १५ गतेसम्म १७ जना र साउन १८ देखि २२ गतेसम्म पथरी, मोरङ्गमा १३ जनाको उपस्थितिलाई तालिम प्रदान गरिएको थियो । यो कार्यक्रमले सहभागी प्रतिनिधि मार्फत पक्कै पनि सम्बन्धित डेरी उद्योगमा सुधार आउने कुरामा विश्वास रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग विराटनगरका प्रतिनिधि दिनेश सुबेदीले बताउनु भयो ।

तालिममा सहभागीको तर्फबाट आफ्नो अनुभव साटासाट गर्ने क्रममा पदम दाहालले यो तालिमबाट आफूले धेरै कुरा सिक्न पाएको कुरा बताउनुभयो । कार्यक्रममा सहभागी सबैलाई प्रमूख अतिथि यादव, एसोसिएसन कोशी प्रदेश अध्यक्ष खड्का र केन्द्रिय अध्यक्ष दाहालले प्रमाण पत्र वितरण गर्नु भएको थियो । कार्यक्रम संचालन एसोसिएसन कोशी प्रदेशका सचिव अशेष कुमार बुढाथोकीले गर्नु भएकोथियो ।

अन्त्यमा कार्यक्रमका अध्यक्ष नेपाल डेरी एसोसिएसन कोशी प्रदेशका अध्यक्ष गंगा बहादुर खड्काले सहभागी सबैलाई धन्यवाद दिंदै सहज परियोजनालाई पुः पनि सहकार्य गर्दै जान नेपाल डेरी एसोसिएसन कोशी प्रदेश तयार रहेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु