दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बढुवाका लागि कर्मचारी संघको ज्ञापनपत्र

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २३ गते, मंगलवार ६:२०

काठमाडौं, साउन २२ गते ।राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले लामो समयदेखि रोकिएको कर्मचारीको बढुवाका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई मंगलबार ज्ञापन पत्र बुझाएको छ ।
कर्मचारी संघले युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थ र राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई ज्ञापन पत्र बुझाएको हो ।
कर्मचारी संघकी अध्यक्ष सरस्वती भण्डारीले मन्त्री लिम्बू, सचिव पन्थ र सदस्य–सचिव घिसिङलाई ज्ञापन पत्र बुझाएकी थिइन् ।
कर्मचारी संघका महासचिव कुमार बस्नेतले लामो समयदेखि रोकिएको कर्मचारीको बढुवा प्रकृया यथाशीघ्र सम्पन्न गर्नु पर्ने माग गरे ।
ज्ञापन पत्र बुझ्ने क्रममा मन्त्री लिम्बू, सचिव पन्थ र सदस्य–सचिव घिसिङले बढुवा प्रकृयामा रहेका बाधा अड्चन फुकाव गरी प्रकृया अगाडि बढाउन सकारत्मक रहेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु