दुई दिनमा १७ हजारले गरे फर्निचर एक्स्पोको अवलोकनएनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणाआज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादन

प्रमुख तीन दलको दोसो चरणको बैठक पनि निष्कर्षविहीन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २३ गते, मंगलवार १३:००

संसद संचालन गर्ने विषयमा प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रबीच बसेको दोस्रो चरणको बैठक पनि विनानिष्कर्ष सकिएको छ ।

सभामुख देवराज घिमिरेको आह्वानमा नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार अपरान्ह बसेको प्रमुख तीन दलको बैठकमा सत्तारुढ काँग्रेस र माओवादी केन्द्र सुन तस्करी प्रकरण छानविनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमालेको अडानमा सहमत नभएपछि दोस्रो चरणको बैठक पनि निष्कर्षविहिन भएको हो । तर नेताहरु भोली साँढे १० बजे पुनः बैठक बसी संसद संचालन गर्नेबारे सहमती खोज्न भने तयार भएका छन । सिआइवीनै यो तस्करी छानविनको लागि विश्वसनीय निकाय भएकाले त्यसैलाई विश्वास गरेर जान उपयुक्त हुने धारणा सत्तापक्षले बैठकमा राखेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘छानविन गर्न सक्ने एउटा निकाय भनेको सिआईवी नै हो । सिआईवीले छानविन गरिराखेको छ । त्यो निकायलाई विश्वास गरौं । हामी सबैलाई विश्वास छ । यसमा कसको संलग्नता छ । हिजो र आज कसरी हुँदै थियो ? भन्ने कुराको तथ्य उसले लिएर आउँछ । दोषीमाथि कारबाही हुन्छ । यस काण्डको जरासम्मै पुग्छ भन्ने सरकारको भनाई हो । हामी सबैले त्यो संस्थालाई विश्वास गर्नुपर्छ भन्ने नै हो ।’

यता, प्रमुख प्रतिपक्ष एमालेले भने सो प्रकरणको निष्पक्ष छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गर्नुको विकल्प नरहेकोे अडान राखेको थियो । आफ्नो पार्टीेले उच्चस्तरीय छानविन समिति गठन गरी सो प्रकरणको स्वतन्त्र छानविन हुनुपर्ने अडान दुवै चरणको बैठकमा प्रस्तुत गरेको एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘आज भएको तीन दलको बैठकमा पनि हाम्रो पार्टीले सुन काण्डको छानविनका लागि उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने मागको औचित्यबारे कुराकानी राख्ने काम भयो । र, बिहानको बैठकमा र दिउँसोको बैठकमा पनि हामीले सो कुरा राख्ने काम गरेका छौं । आजको छलफल हामीले पाएको सूचनाको आधारमा सकारात्मक दिशामै छ । सत्तारुढ दल भित्रैबाट पनि उच्चस्तरीय छानविन समिति बनाउनुपर्छ भन्ने कुराका उठिराखेकै छ । नेपाली काँग्रेसका माननीयजीहरुले सो कुरा उठाईरहनु भएको छ । प्रतिपक्षमा रहेका हामी नेकपा एमालेलगायत राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका प्रतिपक्ष दलहरुले पनि स्वतन्त्र छानविन समिति चाहिन्छ नै भनिरहनु भएको छ । सबैको एकमत छ । र, मिडियाले पनि त्यसको छानविन उच्चस्तरबाटै हुनुपर्छ भन्ने आवाज दिईरहेको सन्दर्भमा आजको छलफल चाँही सकारात्मक छ । प्रधानमन्त्रीजीले यो उच्चस्तरीय छानविन समिति बनाउने कानुनी आधार के हो ? त्यस्ता समिति बनाउने कानुनी आधार के हो ? त्यो समितिले आज भईरहेका छानविनलाई के, कस्तो असर गर्छ ? त्यो सबै कुरा म बुझ्छु कानुनी आधार । र, फेरी भोली साँढे १० बजे बालुवाटारमा तीन दलका शिर्ष नेताहरुमा बैठक बस्ने र त्यसले एउटा निष्कर्ष निकालेर ३ बजे संसद बैठक बोलाउने सहमती भएको कुरा मैले सूचना पाएको छु ।’

प्रमुख तीन दलबीच सहमती नभएपछि प्रतिनिधिसभा बैठक पनि भोली मंगलबार अपरान्ह ३ बजेसम्मका लागि स्थगित गरिएको छ । एमाले सचिव भट्टराईका अनुसार यस अघि बिहान साँढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा पुनः प्रमुख तीन दलको बैठक बस्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु