दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नन्दाको स्वागत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २४ गते, बुधबार ८:५७

काठमाडौं – स्योङ्नाम विश्व हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी नन्दा बस्याललाई मंगलबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।
दक्षिण कोरियामा भएको उक्त प्रतियोगितामा नन्दाले इरानका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी थिइन् । नन्दालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवर, राखेपका पूर्व सदस्य सुवास श्रेष्ठ, खेलकुद विकास विभागका प्रमुख मिनकुमार शर्मा, कलाकार, परिवारजन, शुभचिन्तक, विभिन्न संघ संस्थाका प्रतिनिधिलगायतले एक कार्यक्रमबीच स्वागत गरे ।
सो अवसरमा राखेप कार्यकारी समितिकी सदस्य समेत रहेकी स्वर्ण विजेता नन्दाले देशलाई पदक दिलाउन पाएको गर्वको अनुभूति भएको बताइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु