एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणाआज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल

एमालेले अवरोध गरेपछि बुधवार पनि राष्ट्रिय सभा बैठक स्थगित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २४ गते, बुधबार १५:५६

राष्ट्रिय सभा बैठक आज पनि अवरुद्ध भएको छ ।

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएको एमालेका सांसदहरुले उठेर अवरोध गरेपछि बुधवार बसेको राष्ट्रिय सभा बैठक पनि केहीबेरमै अवरुद्ध भएको हो । एमालेका सांसदहरुले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक आगामी साउन २६ गते शुक्रवार बिहान ११ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको छ । सांसदहरुले समसामयिक विषयमा आफ्नो धारणा राखेपछि एमालेका सांसदहरुले बैठक आज पनि अवरुद्ध पारेका हुन् । त्यसक्रममा एमालेकी सांसद विमलाकुमारी घिमिरेले सो प्रकरण छानविनका लागि उच्चस्तरीय समिति बनाउने काम नहुँदासम्म बैठक चल्न नदिने अडान दोहो¥याउनु भयो ।
उहाँले भन्नुभयो, ‘सरकारकै जिम्मेवार पदाधिकारीहरुको संलग्नता भएकाले आफूहरुले त्यसको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्नुपरेको हो । यसबाट हामी पछि हटदैनौं ।’
अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक अघि बढाउन पटकपटक आग्रह गरेपनि एमालेका सांसदहरुले माननेन् । त्यसपछि उहाँले राष्ट्रिय बैठक स्थगित गरिएको बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु