एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणाआज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल

शेयर बजार आज ४१ अंकले वृद्धि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २४ गते, बुधबार १७:४४

काठमाडौं । पछिल्ला दिन वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजारमा बुधबार ४१ अंकको वृद्धि भएकाे छ ।

दिनभर स्थिरजसो रहेको नेप्से अन्तिम समयमा ४१ अंकले उकालो लागेर २ हजार ६० पुगेर थामिएको हो ।

अधिकांश समूहमा हरियाली छाउँदा कारोबार भने २ अर्ब तलै सीमित रह्यो । मात्र नगन्य अंकले सामूहिक लगानी कोष बाहेक बाँकी सबै समूह उकालो लागेका हुन् ।

पछिल्ला दिन उच्च गिरावट आएका व्यापार, होटल, वित्त समूहमै उच्च साढें ३ प्रतिशत हाराहारीको वृद्धि आयो । बीमा र अन्य समूहमा पनि ३ प्रतिशत बराबरको वृद्धि आयो । बाँकी समूहमा पनि डेढ प्रतिशत हाराहारीको सुधार आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय ६५ कम्पनीको ५० लाख १० हजार कित्ता शेयर १ अर्ब ८९ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यसदिन २ सय कम्पनीको शेयरमूल्य बढ्दा जम्मा १८ को घट्यो । यसदिन हिमालय लघुवित्त, सुपर मादी हाइड्रो, मनकामना स्मार्ट लघुवित्त, मन्दाकिनी हाइड्रोका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु