शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

साउन २५ गते बिहीबार : यस्तो छ तपाईंको आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २५ गते, बिहीबार ०४:५८

२५ साउन, २०८० – बिहिवार – आजको राशिफल
– ज्यो.प. नारायणप्रसाद दुलाल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ दिनेछन् । दिनको उत्तरार्धमा धन खर्च पनि हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज स्वास्थ्यमा समस्या आउनसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेममा बाधा आउन सक्छ । वैदेशिक क्षेत्र पनि कमजोर रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । पुनर्मिलनको योग रहेको छ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मानसिक चिन्ता बढ्न सक्छ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता पनि भइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कूटनीतिक नियोगको सहयोग मिल्ला । गरेको कार्यमा सफलता पाइनेछ । कुनै कुराले मनमा शान्ति छाउला । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला तर आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । राजनैतिक कार्यमा पनि बाधा आउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । माइलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्नेछ । शत्रुमाथि विजय मिल्ने समय छ

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुने र परोपकारमा रुचि बढ्नेछ

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज पुनर्मिलनको योग रहेको छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । बन्धुबान्धवबाट सहयोग पनि मिल्नेछ । प्रेमीको सहयोग पनि पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । सन्तान सुख मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन पनि लाग्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आजको दिन शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । समाजसेवामा मन लाग्नेछ । बन्धुबान्धवबाट सहयोग पनि मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु