बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वरधाम सरकार)ले नवलपुर स्थित शाश्वतधाममा हनुमन्त कथावाचन गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २५ गते, बिहीबार १३:४५

नवलपुर : भारतको प्रख्यात धार्मिक केन्द्र बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वरधाम सरकार)ले नवलपुर स्थित शाश्वतधाममा हनुमन्त कथावाचन गर्ने भएका छन् । ‘हनुमन्त कथावाचन’मा प्रवेशको लागि अनलाइन पास इन्ट्री पास भर्नु पर्ने भएको छ।

कार्यक्रम प्रवेशको लागि अनलाइन पास भरेपछि मात्र भक्तजन र सर्वसाधारणले भाग लिन पाउने चौधरी ग्रुपका प्रवन्ध निर्देशक वरुण चौधरीले जानकारी दिए । चौधरी ग्रुपद्वारा नवलपुरमा स्थापित शाश्वतधाममा नेपाल सहित भारतीय हिन्दु धर्मावलम्बीको आकर्षणका रुपमा रहेको छ ।

आचार्य धीरेन्द्रकृष्ण शास्त्रीले भदौ २ गतेदेखि ४ गतेसम्म ( अगष्ट १८ तारिख देखि २२ तारिख ) नेपालको शाश्वतधाममा हनुमन्त कथावाचन गर्ने चौधरी ग्रुपले जानकारी दिएको हो । बागेश्वरधाम सरकारका नामले चर्चित उनी आध्यात्मिक गुरूका रुपमा परिचित छन् ।

आचार्य धीरेन्द्रकृष्ण शास्त्रीले भदौ २ गतेदेखि ४ गतेसम्म ( अगष्ट १८ तारिख देखि २२ तारिख ) नेपालको शाश्वतधाममा हनुमन्त कथावाचन गर्ने चौधरी ग्रुपले जानकारी दिएको हो । बागेश्वरधाम सरकारका नामले चर्चित उनी आध्यात्मिक गुरूका रुपमा परिचित छन् ।

भदौ १ गते काठमाडौंमा पशुपतिनाथको दर्शन गर्नुका साथै पशुपतिनाथको सन्ध्या आरतीमा समेत सहभागी हुने कार्यक्रम छ । त्यसपछि उनी नवलपुरस्थित शाश्वतधाम प्रस्थान गर्नेछन ।

धर्मगुरु बागेश्वर धाम बाबाले तिन दिन हनुमन्त कथावाचन गर्ने कार्यक्रम तय गरिएको चौधरीले बताए। चौधरी ग्रुप एवम् सीजीकर्प ग्लोबलका प्रबन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा बागेश्वरधाम सरकार शाश्वतधाममा हनुमन्त कथावाचन गर्न आउन लागेको ग्रुपले जनाएको छ । धर्मगुरु बागेश्वर धाम बाबाले तिन दिन हनुमन्त कथावाचन गर्ने कार्यक्रम तय गरिएको चौधरीले बताए। कार्यक्रमबाट गण्डकी प्रदेशको पर्यटनमा वृद्धि हुने उनले बताए ।

छिमेकि देश भारतका एक विशेष व्यक्तिको रुपमा परिचित एवं विश्वभर लाखौँ संख्यामा अनुयायीहरु भएका उनको कथावाचनमा करिव पन्ध्र हजार भन्दा बढि भत्तजनको उपस्थिति हुने कार्यक्रममा प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे रहने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु