दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अमेरिका, चीन र भारतीय अधिकारीको भ्रमण बाक्लिँदा नेपालको राष्ट्रिय सुरक्षा गम्भीर बन्यो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २५ गते, बिहीबार १८:२८

प्राध्यापक डा. खड्ग केसीले नेपालको राष्ट्रिय सुरक्षा गम्भीर बन्दै गएको बताउनुभएको छ ।

बिहीवारको राष्ट्रिय सरोकार समितिमा परराष्ट्र सम्बन्धबारे आफ्नो प्रश्तुती दिँदै उहाँले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध गम्भीर बन्दै गएको बताउनुभएको हो । उहाँले नेपालमा राजनीति भेटघाटका क्रममा जतिधेरै अमेरिकन, चाइनिज र भारतीय अधिकारीहरुको आगमन बढ्छ त्यत्ति धेरै नेपालको राष्ट्रिय सुरक्षा गम्भीर हुने बताउनु भयो । उहाँले राजनीतिक नेतृत्व इमान्दार भएर काम गर्न नसकेको बताउनु भयो । उहाँले परराष्ट्र नीति र राष्ट्रिय सुरक्षामा सबै राजनीतिक दलहरु एक हुनुको विकल्प नरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हिजो हामी एक पटक भुगोलको बारेमा एक ठाउँमा उभियौँ । सीमा नक्शाको बारेमा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिए । यो पछिल्लो समयमा राष्ट्रिय स्वार्थ, भौगोलिक अखण्डताको रक्षाका लागि गर्न खोजेको एउटा महत्वपूर्ण अभियान त्यो पनि हो । त्यसमा हामी सबै एक ठाउँमा उभियौँ । परराष्ट्र नीति र राष्ट्रिय सुरक्षामा यसरी नै जहिल्यै पनि उभिनुपर्छ । यो भन्दा अर्को विकल्प छैन । राजनीतिक नेतृत्व इमान्दार छ भने सहमति नभइकन उसले देशको पक्षमा काम गर्छ भने के फरक पर्छ ? तर दुर्भाग्य के भयो भने राजनीतिक नेतृत्व, सार्वभौमिक सत्ता हामीसँग छ । प्रधानमन्त्री, मन्त्री हामी जनताप्रति जिम्मेवारी हुनुपर्ने हो । काठमाडौंमा जति अमेरिकन र चाइनिजहरुको भ्रमण बाक्लिएको छ, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध त्यत्ति नै गम्भीर छ भन्नेकुरा हाम्रो राष्ट्रिय सुरक्षा त्यत्ति नै गम्भीर बन्दै गएको छ ।’

समितिको बैठकमा बोल्दै नेकपा एमालेका राष्ट्रिय सभा सदस्य कुमार दसौदीले राष्ट्रिय सुरक्षालाई गम्भीर अवस्थामा पु¥याउन नागरिकता दिनेकुराले पनि भुमिका खेलेको बताउनु भयो । उहाँले नागकिरता सहजै उपलब्ध गराउने कुराले नेपालको राष्ट्रिय सुरक्षामा कति असर गर्छ भनेर सोच्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो राष्ट्रिय सुरक्षालाई गम्भीर अवस्थामा पु¥याउन नागरिकता दिनेकुरा लुज बनाएर पनि भएको छ । त्यसमा चुनौति कति छ, त्यसको भुमिका कति हुनसक्छ ? किनभने छिमेकमा अर्बौं मानिस बस्ने देश छन् । कतै हाम्रा नेतृत्व गर्ने मान्छे, सरकारमा जाने, सरकारका निकायका विभिन्न तहमा बस्ने मानिस मुलुकलाई असफल बनाउन तस्करीका खेल बनाएर विश्वमै असफल राष्ट्र बनाउन खोजेका त छैनन् ।’

समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का गोपीबहादुर सार्की अछामीले अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति बदलिएकाले सबैभन्दा पहिला नागरिकलाई दिएको नारा पूरा गर्न लाग्नुपर्ने बताउनु भयो । उहाँले नागरिकलाई दिएको वाचा पूरा गर्न नसके वाह्य मात्रै नभइ आन्तरिक रुपबाट पनि देश कमजोर बन्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले परिस्थिति बदलिएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय पनि । साम्राज्यवादीहरुले पनि शोषणको रुप बदलेका छन् । राजनीतिक नेताहरुको प्राथमिकता बदलिएको छ । समृद्ध राष्ट्र प्राथमिकता हो भनिसकेपछि आम नागरिकलाई दिएको नारा पूरा गर्नका लागि लाग्नुपर्छ । त्यो पूरा गर्न नसके आन्तरिक रुपमा पनि हामी कमजोर हुन्छौँ ।’

उहाँले अमेरिका, भारत र चीनको हस्तक्षेपको स्थिति बाझिानु नेपालको राष्ट्रिय सुरक्षाको चुनौतिका रुपमा रहेको उल्लेख गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु