विभिन्न स्वादका केकका साथ मिठो बेकरीको गुरु पूर्णिमा विभिन्न स्किमयुवा संगठन नेपालद्वारा नुवाकोटमा वृक्षारोपण किसानलाई निःशुल्क बिरुवा वितरण२०८१ साउन ५ गते शनिवार, यस्तो छ तपाईँको राशिफलआलापोटमा सीपमूलक तालिम ।। नेपाल बन्धनको बेरोजगारलाई रोजगार बनाउने अभियान।।साउथ एशियन करातेमा नेपाल टिम प्रथमचर्चित गायिका सुमी पराजुलीको गीत ‘लुकामारी’ सार्वजनिकराष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको बिदाइशिव र पार्वतीको स्नान /क्रिडास्थलको रुपमा बिस्वास गरिएको सहस्रधारामा १०८ धारानेपाल इको प्यानलको मुख्य प्रायोजनमा कोरा भक्तपुर हुँदैकबड्डी प्रतियोगिताको उपाधि पनौती नगरपालिकालाई

चारकुने रुमाल’को साथमा आए प्रकृति र अल्मोडा ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २५ गते, बिहीबार २०:४१

काठमाडौं – रियालिटी शो द भ्वाइस अफ नेपालबाट चर्चामा आएकी गायिका सुरक्षा सेन्चुरी र गायक तथा संगीतकार अल्मोडा राना उप्रेतीको सुमधुर स्वरमा सजिएको ‘चारकुने रुमाल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रदिप पोख्रेलको शब्दमा रहेको यस गीतलाई अस्ट्रेलियामा बसोबास गर्दै आइरहेका संगीतकार टिका दाहालले संगीतवद्द गरेका हुन्। गीतमा स्वयम गायक उप्रेतीको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ, कृतिका श्रेष्ठ र गायक उप्रेतीको अभिनय रहेको छ। रंगीत बल्लव उप्रेतीकोको निर्देशनमा भिडियो तयार पारिएको हो। लिजेन्स इन्टरनेशनलको एजुकेशनको सहयोगमा निर्माण गरिएको यस गीतको भिडिलाई गायक उप्रेतीको अफिसिएल युट्युव च्यानल ‘अल्मोडा राना उप्रेती’ मार्फत सार्वजनिक भएको हो। म्युजिक भिडियो दर्शक सोर्तालाई मनपर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।

भिडियो लिंक:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु