डेल्टिन नेपालद्वारा कम्प्युटर ल्याब हस्तान्तरणशिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षा

ग्रामिण तहमा बाँझोपनको समस्या बढ्दै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २६ गते, शुक्रबार १८:११

काठमाडौं । ग्रामिण तहमा बाँझोपनको समस्या बढ्दै गएको भन्दै चिकित्सकहरुको चिन्ता व्यक्त गरेका छन् ।

चिकित्सकहरुले पछिल्लो केही वर्षयता युवाहरु विदेश जाने क्रम बढेको र उमेर पुगेरपनि विवाह नगर्दा बाँझोपनको समस्या बढ्दै गएको बताएका हुन् ।

उनीहरुले बाँझोपनको समस्या समाधानका लागि परामर्श दिन आवश्यक भइसकेको बताए । चिकित्सकहरुका अनुसार बाँझोपनले मानसिक समस्या विकराल बन्दै गइरहेको भन्दै सचेत रहन आग्रह समेत गरेका छन् । प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा.कृतिपाल सुवेदीले बाँझोपन हुनुमा महिला र पुरुषको भुमिका समान हुने बताउनुभयो ।

उहाँले विवाह पश्चात पुरुषहरु वैदेशिक रोजगारीमा जानुपनि बाँझोपनको कारण रहेको औंल्याउनुभयो । उहाँले खाडी मुलुकमा गएका पुरुषहरु नेपालमा फर्किंदा बच्चा नहुनुको प्रमुख कारण उच्च तापक्रमले शुक्रकिट उत्पादनमा ल्याउने ह्रास रहेको पनि बताउनुभयो ।

डा.सुवेदीले एक वर्ष वा एक वर्ष भन्दा बढी समयसम्म श्रीमान श्रीमती अस्थायी परिवार नियोजनको साधन बिना यौन सम्पर्क गर्दापनि सन्तान उत्पादन नभएमा त्यसलाई बाँझोपन भनिने बताउनुभयो । डा.सुवेदीले सरकारले बाँझोपनबारे प्रिकन्सेप्सनल काउन्सिलिङ स्थापना गर्ने बेला भइसकेको बताउनुभयो ।

वंशाणुगत रोग विशेषज्ञ डा.निलम ठाकुरले बाँझोपन थाहा पाउन महिला पुरुषको स्वास्थ्य जाँच गर्नुपर्ने र बाँझोपनको कारण पत्ता लगाइसकेपछि मात्रै उपचार प्रक्रिया थाल्नुपर्ने बताउनुभयो । डा.ठाकुरले निःसन्तानपनले मानसिक समस्या निम्त्याएको बताउनुभयो । समाजमा बाँझोपन बढ्दै गएको भन्दै बाँझोपन सम्बन्धी सरकारले नीति ल्याउन आवश्यक रहेको बताउनुभयो ।

भ्रुण रोग विशेषज्ञ डा.विनिता थापाले निःसन्तानपनको उपचार गर्न केही समय लाग्ने बताउनुभयो । उहाँले निःसन्तान कसरी हुन्छ भनेर शुरुमा आम नागरिकमा जनचेतना जगाउन आवश्यक रहेको बताउनुभयो । थापाले निःसन्तानको उपचारका लागि महिनावारीको दोस्रो दिनबाट शुरु भई १३/१४ दिनसम्म स्क्रिनिङ नै गरेर राख्ने गरिएको बताउनुभयो । लामो समय लाग्ने हुँदा उपचारका लागि विकट ठाउँबाट आउनेहरुका लागि निकै समस्या हुने गरेको बताउनुभयो । उहाँले निःसन्तानबारे जनचेतना जगाउन आवश्यक रहेको धारणा राख्नुभयो ।

बाँझोपन पछिल्लो केही वर्षयता सरकारको प्राथमिकतामा परेपनि यसको निराकरणका लागि संवद्ध निकायहरुले बन्न नसकेको चिकित्सकहरु बताउँछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु