दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

२४ औं अन्तर्राष्ट्रिय युवा दिवस काठमाडौंमा प्रभातफेरी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २७ गते, शनिबार १५:१९

काठमाडौं: २४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको छ ।
प्रभातफेरी शनिवार काठमाडौंको भृकुटीमण्डपबाट शुरु भइ न्युप्लाजा, पुतलीसडक, बागबजार, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहसम पुगेर सकिएको हो । प्रभातफेरी कार्यक्रममा नेपाली सेनाको ब्याण्ड बाजासहितको टोली सहभागी भएको थियो । त्यस्तै नेपाल प्रहरी, शसस्त्र प्रहरी बल पनि प्रभातफेरी कार्यक्रममा सहभागी बनेको थियो । प्रभातफेरी कार्यक्रम अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरिएको हो । राष्ट्रिय युवा परिषद्को आयोजनामा भएको प्रभातेफेरी पछि परिषद्ले राष्ट्रिय सभा गृहमा अन्तर्राष्ट्रिय युवा दिवस सम्बन्धी कार्यक्रम आयोजना गरेको छ । यस वर्ष ‘कौशल युवा, दिगो विकासका लागि’भन्ने नारासहित अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु