दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

टर्कीको अन्ताल्या एयरपोर्ट पर्यटकको रोजाइमा परेपछि थप बिस्तार गरिँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २७ गते, शनिबार १५:२५

टर्कीको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल अन्ताल्या अझ आधुनिक र सुविधा सम्पन्न हुने भएको छ ।
दक्षिणी भूमध्यसागरीय तटमा रहेको प्रमुख पर्यटकीय गन्तव्य अन्ताल्या विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल पनि हो । पछिल्लो वर्षहरुमा विश्वका धनाढ्यहरुको आकर्षक गन्तव्य बनिरहेको अन्ताल्यालाई टर्की सरकारले पुनःनिर्माण र बिस्तार गरिरहेको हो । अन्ताल्या अन्तर्राष्ट्रिय विमानस्थलले अहिले ४ करोड यात्रुलाई सेवा दिइरहेको छ भने पुनःनिर्माण पछि यो दोब्बर हुनेछ । निर्माण सम्पन्न भइसकेपछि वार्षिक ८ करोड यात्रुलाई सेवा दिन सक्षम हुनेछ । जनवरी २०२२ मा शुरु भएको पुनः निर्माण कार्य जनवरी २०२५ सम्ममा सम्पन्न हुनेछ । परियोजनाको पहिलो चरणमा नयाँ रनवे, टर्मिनल भवन र कार्गो ह्याण्डलिङ सुविधाको निर्माण गरिने एयरपोर्ट बिस्तारको नेतृत्व गरिरहेको कम्पनी टाभ कन्स्ट्रक्शनका परियोजना निर्देशक एर्डोगान काराबाकाकले बताउनु भयो । टर्कीलाई युरोप र एशियासँग जोड्न यो विमानस्थल महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

यो परियोजनालाई आंशिक रूपमा एशियाली पूर्वाधार लगानी बैंकले १५३.६ मिलियन अमेरिकी डलर ऋण दिएको छ । टर्की सरकारको महत्वाकांक्षी योजना मध्यको अन्ताल्या विमानस्थलको बिस्तार पर्यटन प्रवद्र्धन र वैदेशिक मुद्रा आर्जन गर्न अगाडी बढाइएको ठूलो प्रयास हो । टर्की सरकारका अनुसार २०२२ मा ४ करोड २० लाख विदेशी पर्यटकहरूले अन्ताल्या विमानस्थल प्रयोग गरेका र ३ अर्ब ४० करोड अमेरिकी डलर राजश्व संकलन भएको बताएको छ । अन्ताल्या एयरपोर्टका प्रमुख प्रवन्धक दुर्डाली सावकारले अन्ताल्या विमानस्थललाई वर्षभर नै पर्यटक आउन सक्नेगरी कार्यक्रमहरु बनाइरहेको बताउनु भयो । अन्ताल्या एयरपोर्टको बिस्तारले स्थानीय र राष्ट्रिय अर्थतन्त्रलाई बढावा दिने उहाँको विश्वास छ । देशको कुल गार्हस्थ्य उत्पादनमा करिव १० प्रतिशत योगदान र लगभग १७ लाख मानिसहरूलाई रोजगार दिनसक्ने अन्ताल्या एयरपोर्ट प्रमुख प्रवन्धक सावकारले बताउनु भयो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु