दुई दिनमा १७ हजारले गरे फर्निचर एक्स्पोको अवलोकनएनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणाआज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादन

ग्रिनफिल्ड विजयी सुरुआत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २७ गते, शनिबार १९:२५

काठमाडौ ।आयोजक ग्रिनफिल्ड नेसनल स्कुलले दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार विजयी सुरुआत गरेको छ ।
बाफलस्थित घरेलु कोर्टमा ग्रिनफिल्डले काठमाडौं भ्याली, छाउनीलाई ३२–१३ ले पराजित ग¥यो । ग्रिनफिल्डका अर्जुन बस्नेतले १४ अंक जोडे । सो स्पर्धामा ग्रिनल्यानडले ओरेकललाई ५५–१७, बिग बुद्धले दिब्यज्ञानलाई १६–१३ र नेरिकले स्वर्णिमलाई २९–१९ ले हराए ।
जुनियर ब्वाइजमा एन्जल्स हार्टले श्री नवीन ज्योतिलाई ३१–५, पिपुल्स एकेडेमीले ओरेकललाई १३–३ र किङडम हिमालयले काठमाडौं भ्याली, छाउनीलाई २४–४ ले पन्छाए ।
सिनियर गल्र्समा काठमाडौं भ्याली, छाउनीले एन्जल्स हार्टलाई ९–८ तथा भ्याली पब्लिकले स्वर्णिमलाई २८–१० ले पाखा लगाए ।
प्रतियोगिताको नागर्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे । प्रतियोगिताको सिनियर ब्वाइजमा ३२ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान २४–२४ टिम सहभागी छन् । फाइनल भदौ ९ गते हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु