दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

शनिवारबाट कुवेत शहरमा ३२ औँ पर्ल ड्राइभिङ फेस्टिभल शुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २८ गते, आईतवार १४:१६

काठमाडौ । कोभिड–१९ महामारीका कारण तीन वर्ष यता रोकिएको ‘पर्ल ड्राइभिङ फेस्टिभल’ मोती खोज्ने यात्रा शनिवारबाट शुरु भएको छ।

तीन वर्षको अन्तरालपछि शनिवारबाट कुवेत शहरमा ३२ औँ पर्ल ड्राइभिङ फेस्टिभल शुरु भएको हो। आधिकारिक कुवेत समाचार एजेन्सी (कुना) का अनुसार यस पटक ६० जना युवा गोताखोरहरू मोती खोज्ने यात्रामा जानका लागि दुई वटा डुङ्गामा चढेका थिए।

कुवेतका धनाढ्य शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको प्रायोजनमा वार्षिक कार्यक्रम आयोजना गरिएको हो। देशमा ठूला तेल भण्डारहरू प्रमाणित हुनुअघि यो एक प्राथमिक उद्योग थियो। सामान्यतया, गोताखोरहरूले श्वासप्रश्वासका उपकरणहरू प्रयोग नगरी मोती खोजि गरेर फ्रिडाइभिङ गरी यात्रामा जानुपर्ने नियम छ। यसले कुवेती समुन्द्री सतहलाई पुनर्जीवित राख्ने लक्ष्यका साथ मेला शुरु गरिएको हो।

यो यात्रा पुर्खाको सम्झनामा राखिएको स्थानीयहरु बताउँछन्। यो यात्रा गर्न ७ घण्टाको समय लाग्नेछ। साथै आज (आईतवार) बाट उनीहरुले यात्रा शुरु गर्नेछन्। विगतमा गोताखोरहरुको संख्या २ सय ५० भन्दा बढी हुने गरेपनि यस वर्ष भने प्रशासक र पर्यवेक्षक बाहेकको संख्या ६० जना मात्र छ। गोताखोरहरु बिहीवार मात्रै फर्किने आयोजकको भनाइ छ। गोताखोरहरुले समुन्द्रको १० मिटर गहिराइमा पुगेर मोती खोज्नेछन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु