दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएनए आइसीसीको महासचिव पदमा बुद्धिसागर सुवेदीले गरे उम्मेदवारी घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २८ गते, आईतवार १८:०७

अमेरिका – गैर आवासीय नेपाली संघ  (एनआरएनए) अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीले आगामी २०२३-२५ कार्यकालको लागि एनआरएनए आइसीसीको महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। शनिबार जूम मार्फत आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सुवेदीले एनसीसी (राष्ट्रिय समन्वय परिषद) हरुलाई बलियो बनाउन, केन्द्रीय कार्यालयलाई व्यवस्थित र प्रविधि मैत्री बनाउन, तथा एनआरएन नागरिकताको कार्यान्वयन जस्ता मुद्दालाई अगाडी बढाउन आफुले उम्मेदवारी दिएको बताए।
पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिंदै सुवेदीले आफु महत्वाकांक्षी भएर हैन, २०२१-२३ कार्यकालमा एनसीसी अमेरिकामा आफुले गरेको कामको आधारमा साथीहरुको सल्लाह अनुसार महासचिव पदमा उम्मेदवारी दिएको बताए।  उनले संस्थाबाट केही लिन हैन, संस्थालाई केही दिनको लागि आफु अगाडी आएको बताउंदै संस्थालाई बलियो बनाउन आफुले इमान्दारीपूर्वक काम गर्ने बताए।  उनले काठमाडौँमा हुन गइरहेको ११ औं विश्व अधिवेशनलाई एकताको अधिवेशन बनाउन पनि आग्रह गरे।
संसारभरि रहेका गैर आवासीय नेपालीहरुको सीप, पूँजी, अनुभव र नेटवर्क नेपाल र नेपालीको उन्नतिका लागि परिचालन गर्न, दोश्रो पुस्ताका नेपालीहरुलाई एनआरएन संजालसंग जोड्न  र नेपालमा लगानी तथा पर्यटन प्रवर्धन गर्न आफुले उम्मेदवारी दिएको उनले बताए।
महासचिव पदका उम्मेदवार सुवेदीले वंशजको आधारमा प्राप्त नेपाली नागरिकताको निरन्तरता नै आफ्नो प्रमुख माग रहेको बताउंदै तेश्रो पुस्ता पछि पनि एनआरएन नागरिकता निरन्तर गर्न आफुले आवाज उठाउने बताए।  एक प्रश्नको जवाफमा सुवेदीले नेपालमा रुग्ण अवस्थामा रहेको एक होटललाई पुन: संचालन गरी सैयौं रोजगारी सिर्जना गर्ने उद्देश्यले आफु लगायत साथीहरुले लगानी गरेको र आफ्नो व्यवसायको प्रवर्द्धनका लागि एनआरएनएको लोगोको दुरूपयोग नगर्ने र गर्न पनि नदिने बताए।
उक्त अवसरमा एनआरएनए अष्ट्रियाकी निवर्तमान अध्यक्ष भवानी तिवारी, फ्रान्सकी निवर्तमान अध्यक्ष गीता खनाल,  एनआरएनए इटालीका निवर्तमान अध्यक्ष छबिलाल कंडेल, क्यानाडाका निवर्तमान अध्यक्ष दिपक गौतम  रसियाका निवर्तमान अध्यक्ष शिवमणि भुर्तेल, जापानका निवर्तमान अध्यक्ष शिव पौडेल, एनआरएनए अमेरिकाका महासचिव रामहरि अधिकारी, निवर्तमान वरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्थ, पूर्व महासचिव अन्जन चौलागाईं,  पूर्व उपाध्यक्ष डिलु पराजुली, विश्वनाथ बराल, आइसीसी सदस्यद्वय नारायण कँडेल, बिनोद तिवारी, एनआरएन अभियन्ताहरु डा यादव पण्डित, एनआरएनएका युवा उपाध्यक्ष रोशन थापा, एसिया प्रशान्त क्षेत्रका पारसमणि पोख्रेल लगायतका वक्ताले सुवेदी हरेक किसिमले सक्षम,  योग्य र सबैको साझा व्यक्तित्व भएको र एनआरएनभित्र रहेका विकृति तथा विसंगति हटाउन पनि सुवेदीलाई विजयी बनाउन आग्रह गर्दै शुभकामना पनि दिएका थिए।
आउँदो अक्टोबर महिनामा काठमाडौँमा हुन गैरहेको संघको ११ औं विश्व अधिवेशनले नयाँ कार्यसमितिको निर्वाचन गर्नेछ।   

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु